19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल विभोर बराल January 16, 2011, 1:41 pm

समयको चाल पनि गजबको छ साथी

जिन्दगीको खाल पनि गजबको छ साथी

उता उनी बग्दै होलिन् नयनधारा सँगै

यता आफ्नो हाल पनि गजबको छ साथी

अमनको ध्रुपदलाई साथ दिँदै बज्ने

बन्दुकको ताल पनि गजबको छ साथी

यौटै कोखबाट सँग-सँगै जन्मिएको

यो जुम्ल्याहा काल पनि गजबको छ साथी

न त सधैँ बाँधी राख्छ न उम्किनै दिन्छ

तिम्रो मायाजाल पनि गजबको छ साथी

स्टकहोम, स्विडेन

[email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।