म फूल मन पराउँछु
मैले मन पराएको एउटा फूल
तिमीले टिप्यौ
र, चुल्ठामा लगायौ।
फुलको रंगलाई
तिमीले गालामा लगायौ
ओठमा लगायौ,
मैले तिमीलाई छातीमा लगाएँ
जीवनमा लगाएँ,
फूलको भौतिकता ओईलियो
फूल अतितमा बिलायो,
उसको आत्मा
उसको अस्तित्व
हाम्रो मायामा फुली रह्यो।
बोष्टन, अमेरिका