घाउहरु एकएक चाँजिएर बसेको छु
थोपा थोपा रगत साँचिएर बसेको छु
अनौठो जिवनको अनौठा प्रहरहरु
समस्यामा जिउदै गाँजिएर बसेको छु
हराए हाँसोहरु थुप्रिय आँशुहरु
मानवकै रुपमा टाँसिएर बसेको छु
के–के हुँदो रैछ थाहा छैन जिन्दगीमा
सबै थोक अब बाँजीएर बसेको छु
चामुण्डा ८, दैलेख; हाल: नेपालगंज