18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल इन्दिरा खतिवडा "प्रयास" January 20, 2011, 7:53 pm

चाहेर नि चन्द्रमा छुनै सकिन

समाजको नमुना हुनै सकिन

एकान्तमा बसेर आँशु झारे नि

पिरब्यथा आँशुले धुनै सकिन

जिवनको आपुरो यात्रा भए नि

भाग्यलाई धिकारी रुनै सकिन

उद्देश्य त राखेथें तिर्छु भार नि

सबै सकें तिरेर गुनै सकिन

चाहेर नि चन्द्रमा छुनै सकिन

समाजको नमुना हुनै सकिन

दमक-८ झापा,हाल-इजरायल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।