19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बज्र कुमार राई January 20, 2011, 11:56 am

जिउँदै चितामा त्यो परोस् भन्छौ रे तिमी।।

बाँच्नुभन्दा त त्यो मरोस् भन्छौ रे तिमी।।

के शन्देश छ उसलाई लगिदिन्छु भन्दा,

तारे भीरबाट त्यो झरोस् भन्छौ रे तिमी।।

उसलाई बचाउ ज्यान जोखीममा छ भन्दा,

दनदन आगोमा त्यो जलोस् भन्छौ रे तिमी।।

सिकिस्त छ कुनै औषधिमुलो लागेन भन्दा,

निकै नहुने रोग सरोस् भन्छौ रे तिमी।।

हरेकपल तिम्रो प्रेममा उ तड्पिरहेको छ भन्दा,

पीरैपीरले जीन्दगी चलोस् भन्छौ रे तिमी।।

आखिर किन मायाप्रितिको महल बनायौ भन्दा,

नराम्रो सपना थियो त्यो ढलोस् भन्छौ रे तिमी।।

उ यति विवश,लाचार र असहाय छ भन्दा,

दैबले पनि आँखा छलोस् भन्छौ रे तिमी।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।