19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुदिना January 20, 2011, 11:59 am

पूजा गर्छु तिमीलाईनै मेरो भगवान मानी हजुर

समर्पणलाई लत्याउने कस्तो तिम्रो बानी हजुर

एकान्तमा भेट हाम्रो नहुने कुरा बुझ्दा–बुझ्दै

तिम्रै दर्शनको प्रतिक्षामा यी आँखाका नानी हजुर

मनैमनले स्वीकारी सकें भन्छु सधैं धक फुकाइ

तिमी नै हो मेरो राजा म त तिम्री रानी हजुर

जति गर गाली तिमी जतिनै गर रिस र हेंला

तिम्रा तिरस्कार सबैमा पाउँछु मायाको खानी हजुर

मोहनी लाउने तिम्रो स्वर यति महङ्घो मलाई किन

तिम्रो एकै बचन सुन्दा हुन्छु पानी पानी हजुर

भन मात्र तिमी मलाई संसार त्याग्न छु म तयार

के खोट देख्यौ ‘सुदिना’मा र हिड्छौ छानी छानी हजुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।