19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म, प्रेमिका अनि कारागार

कविता बिबश बिप्र January 20, 2011, 12:49 pm

भो|

भइसक्यो-

मेरो अस्तित्वको उद्घाटन-यो कारागारभित्र |

|

फलामको गेटमा लागेको खिया

मेरो कामकथामा लालमोहर ठोक्दैछ |

मैले माया भेटेको छैन-आकासको

तिम्रो चुनावी उपहारको बट्टा पनि -बिनाआकासको

मैले पिउने चुरोटको धुँवा पनि कोठा भरिमात्रको |

आजकल-

जेलरका जुँगाहरुमै शितलता छाएको छ | मेरोलागि |

तिम्रो बर-पिपलको चौतारी यो कारागारले मन पराउन्न |

मैले माया गर्नु - मर्नु सामान हो | बुझिराख |

तिमीले एउटा गुलाब स्याहार्न सकिनछौ

अब त मैले पनि काँटीलाइ प्रेम गर्नुपरेको छ |

कारण-

|

मेरो बन्दि-गृहभित्र मात्र काँटी छन् |

एउटा गुलाब-

जेलरको प्राइभेट गमलाको पाले भएको छ |

यसबखत,

तिमी पियानोको तरङ्गमा अनुभवको कथा बुन्दैछ्यौ की ?

म सन्तुष्टि भुल्न,

घरको कल्पनामा अर्को कारागार-चित्र कोर्दैछु |

तिम्रो घरले तिमीलाई बासको अनुमति दिएको बेला-

नआऊ है- मलाइ भेट्ने इच्छा बोकेर

कारण-

|

- यो कारागारले तिमीलाई पाल्न सक्दैन,

- तिम्रा आँशुको पवित्रता यो कारागारले बुझ्नेछैन र

-मैले पनि नबुझेकै हुनेछु |

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।