19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल पुष्पराज खतिवडा January 21, 2011, 10:45 am

वर्षा लागि सक्यो नानी छानो कस्तो छ ?

परिवर्तनको आभाष दिने रानो कस्तो छ ?

जे गर्दा नि ताली लाउने बानी परिसक्यो

खोया मात्र फल्ला है दानो कस्तो छ ?

कुरा सुन्दा मीठो लाग्यो बास्ना कस्तो आउला

हेर्दै स्वाद थाहा हुन्छ चानो कस्तो छ ?

जे जे भन्छन् पण्डित जी स्वाहा गर्नुपर्ने ।

थाहा छैन सेला हाल्ने गानो कस्तो छ ?

पेटभरि खान पाए हुन्छ भन्थ्यौ पहिले

अघायौकी अघाएनौ मानो कस्तो छ ?

झापा, हाल: दमौली तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।