दुख्यो मनको गाँठो साह्रै फुकाउन पाए हुन्थ्यो
नयनबीच जमेको यो ताल सुकाउन पाए हुन्थ्यो ।
स्वाभिमान फाली कतै सरी हनी भन्थें बरु
मायालु त्यो अंगालोमा शिर लुकाउन पाए हुन्थ्यो ।
छायाँ बनि अघिपछि हिंड्छु सँधै डारलिंग भन्दै
वर्षौंदेखि नचुकेको मन चुकाउन पाए हुन्थ्यो ।
तिमी एक्लै हाँस भैगो हामी किन हाँस्नुपर्यो
कहीं भेटि यसो भन्दै घुर्क्याउन पाए हुन्थ्यो ।
काली हिस्सी बैगुनी त्यो यही आँगनको बाटो झरे
रातो गुलाफ टिपी एउटा हिर्काउन पाए हुन्थ्यो ।
लण्डन