बिहान सखारै कसैले उसको ढोका ढकढक्यायो । यो आवाजले ऊ झसङ्ग भयो । उज्यालोले धर्तीमा पदार्पण गरिसकेको थिएन । त्यसैले बाहिर अँध्यारै थियो । स्वाभाविक छ भित्र पनि उज्यालो हुने अवस्था थिएन । तर उसले जिरो वाटको बत्ती बालेको हुँदा कोठाभित्र अँध्यारो पराजित भएको थियो । पुस महिनाको अन्तिम साता । जाडोको साम्राज्य स्थापित भइसकेको थियो । भुयालको खापाका चेपबाट घरी-घरी भित्र प्रवेश गर्ने स्याँठले कोठा पनि चिसो बनाएको थियो । त्यसैले ऊ ओछ्यान छाड्न सकिरहेको थिएन । ढोकामा कसैले निरन्तर ढकढक्याइरहेको थियो । ऊ भने ओछ्यानमा पल्टिएको थियो र उसका आँखा छततर्पु एकोहोरिएका थिए । ओछ्यानमा पल्टिएर नै ऊ अनेक तर्कना गरिरहेको थियो ।
केही समयदेखि दिनहुँ कोही न कोही अपरिचित मानिस यसैगरी सखारै आउँथ्यो र ऊसँग आपुनो परिचय माग्थ्यो । हरेक अपरिचित मानिसको भनाइको आशय एउटै हुन्थ्यो । उनीहरु ऊसँग आ-आपुनो पहिचान र अस्तित्व माग्थे । उनीहरु भन्थे 'तिम्रै अग्रजहरुले हाम्रो पहिचान खोसेका छन् । हामीलाई त्यसको हिसाब देऊ ।'
यो घटनाले केही दिनदेखि उसको निद्रा खोसेको थियो । ऊ सुत्न खोज्थ्यो तर सुत्न सत्तैुनथ्यो । उसको मनमा रातभरि अनेक कुरा खेल्थे । ऊ घरी यता फर्कन्थ्यो घरी उता । ऊ जति निदाउन खोज्थ्यो हरेक बिहान आउने फरक-फरक अपरिचित मानिसको अनुहार उसका आँखैमा टाँस्सिन आइपुग्थे र ऊसँग अनेक प्रश्न गर्न थाल्थे । सम्भवतः ती सबै प्रश्नका उत्तर ऊसँग थिएनन् ।
आज पनि ऊ निदाउन सकिरहेको थिएन । बेलुका राम्ररी खाना पनि खान मन लागेन । एक-दुई गाँस मुखमा राख्यो तर उसले निल्न सकेन । त्यसपछि ऊ सोझै ओछ्यानमा गयो र निदाउने प्रयास गर् यो तर अहँ ऊ निदाउन सकेन । उसलाई छट्पटी भयो ।
ऊ ओछ्यानबाट जुरुक्क उठ्यो र टेबलसम्म गयो । त्यहाँ जगमा राखिएको पानी मज्जाले खायो घट…।घट…। ऊ फेरि ओछ्यानमा लम्पसार पर् यो तर निदाउन सकेन । उसले सम्भुयो केही समयअघि एकजना अपरिचित मानिसले उसलाई एउटा रेष्टुरेण्टमै अनेक प्रश्न गरेर हैरान पारेको थियो ।
त्यस दिन ऊ आपुनी प्रेमिकासँग रेष्टुरेण्ट गएको थियो । ऊ निकै रोमाण्टिक मुडमा थियो । सेतो सर्ट र कि्रम कलरको सुटमा उसको व्यक्तित्व निकै आकर्षक देखिएको थियो । उसकी प्रेमिका पनि रातो रङको स्लिभलेस र कालो रङको मिनी स्कर्टमा कम्ती राम्री देखिएकी थिइनन् ।
दिउँसोको समय रेष्टुरेण्टमा शून्यता व्याप्त थियो । शायद उनीहरुले यस्तै समय छनौट गरेका थिए । उनीहरु त्यो शून्यताको भरपुर आनन्द लुट्ने मुडमा थिए । उनीहरु के कुरा गर्थे कुन्नि † केही सुनिँदैन थियो । तर बेला-बेलामा युवती मधुर स्वर निकाल्दै हाँस्थिन् हृदयलाई नै झङ्कृत पार्ने गरी र ऊ पनि युवतीलाई साथ दिन चुत्तैुनथ्यो ।
रेष्टुरेण्ट पूर्वतर्पु फर्किएको थियो । मुखमै देब्रेपट्टि दक्षिणतर्पु फर्किएको काउण्टर थियो । काउण्टरमा साहूजी बसेको थियो भने बाहिरपट्टि स्टुलमा एकजना युवक बसेको थियो ।
यी दुईबाहेक रेष्टुरेण्टमा कोही थिएनन् । त्यसैले उनीहरु निःसंकोचरुपमा प्रेमालाप गरिरहेका थिए । तर काउण्टरबाहिर बसेको युवक घरी-घरी कर्के नजरले उनीहरुलाई हेथ्र्यो । यसले उनीहरुलाई केही असहज बनाइरहेको थियो । केही बेरमा त्यो युवक अकस्मात् उभियो र उनीहरुको छेउमा आइपुग्यो । ऐकान्तिक प्रेमालापमा अपरिचित युवकको आगमनले उनीहरुलाई असहज बनायो ।
-'माफ गर्नुहोला मैले त तपाईलाईं चिन्न सकिनँ नि †' उसले त्यो युवकतिर प्रश्नसूचक दृष्टि पुयाँक्यो ।
-'पहिचान गुमाएको मानिसलाई चिन्न नसक्नु के अस्वाभाविक भयो र ' त्यो युवकको भनाइको अर्थ बुभुन नसकेर ऊ अवाक् हेरि मात्र रह्यो ।
…………………………………।
-युवकले आक्रोश पोख्यो 'के हेर्नुभएको ?'
-उसले भन्यो'मैले तपाईंको आशय बुभुन सकिनँ ।'
-'नाटक तिमीहरु सबै नाटक गर्छौ । यो त तिमीहरुको विशेषता नै हो नि' युवकले व्यङ्ग्य गर्यो ।
-'सत्य यो नाटक होइन । मैले साँच्चै नै तपाईंलाई चिन्न सकिनँ ।' उसले दोहोर् यायो ।
-'तिमै् वंशले मेरो परिचय र पहिचान खोस्यो तिम्रै वंशले मेरो अस्तित्व लुट्यो । आज म आपुनै भूमिमा आपुनो माटो खोजिरहेको छु । मेरो खोसिएको संसार र लुटिएको पहिचान मागिरहेको छु । तिम्रो वंशबाट लुटिएको मेरो अस्तित्व तिमीले मलाई फर्काउनैपर्छ ।' युवकले जोड दियो ।
युवकको कुरा सुनेर ऊ असमाजसमा पर् यो । ऊसँग उसकै प्रेमिका पनि थिई । आज ऊ धेरै दिनपछि आपुनी प्रेमिकासँग रोमाण्टिक मुडमा आएको थियो । त्यसैले ऊ त्यो युवकसँग धेरै लामो वादविवाद गर्ने मनस्थितिमा थिएन । युवक प्रश्नमाथि प्रश्न गरिरहेको थियो ऊ भने बल्ल-बल्ल उम्कियो त्यहाँबाट ।
कसैले ढकढक्याइरहेको आवाज ढोकाबाट निरन्तर आइरहेको थियो तर ऊ ओछ्यान छाड्ने अवस्थामा थिएन । ऊ ओछ्यानमै पल्टिएर विभिन्न घटना सम्झिरहेको थियो । रेष्टुरेण्टमा भएको घटनापछि पनि उसले त्यस्ता अनेकौं घटना सामना गर्नु परेको थियो । हरेकपटक कुनै अपरिचित मानिस आउँथ्यो र ऊसँग आपुनो परिचय माग्थ्यो । ऊ केही भन्नसक्ने अवस्थामा हुँदैन थियो । ऊ हरेकपटक कुनै न कुनै बहाना बनाएर उम्किन्थ्यो ।
ऊ माथिल्लो भनिने जातिको कुलीन परिवारमा जन्मिएको थियो । सत्तासँग उसको परिवारको सधैं निकटको सम्बन्ध रह्यो । भनौं उसको परिवार सधैं सत्ताकै वरिपरि घुमिरह्यो । त्यसैले त उसका सबै अफन्त उच्च ओहोदामा आसीन छन् । उसका एउटा काका राजश्व विभागका महानिर्देशक हुन् भने कान्छा काका त कयौंपटक मन्त्री नै भइसकेका छन् । उसका मामा सरकारका मुख्य सचिव छन् भने उसका बुबा राजदूत भएर विभिन्न मुलुक गइसकेका छन् ।
सत्ताको निकट हुनुको फाइदा उसको परिवारले राम्रैसँग लुटेको छ । उसका कोही पनि नातेदार बेरोजगार छैनन् । सबै सरकारी उच्च ओहोदामा छन् । ऊ आफैं पनि राम्रै ठाउँमा छ ।
सर्वसाधारण नागरिकले झाडापखालाबाटै ज्यान गुमाउनुपर्ने अवस्था भएको देशमा उसले भने कहिल्यै पनि अभाव भोग्नु परेन । उसको जीवनमा गरिबीको मुहार देख्नु परेन । तर केही समयदेखि ऊ निकै अशान्त र चिन्तित थियो । आपुनो पहिचान र अस्तित्व माग्दै आउने अपरिचित मानिसहरुका कारण उसको निद्रा बेपत्ता भएको थियो । यसबाट मुक्ति पाउने उपाय के हुनसक्छ अनेकौं तर्कना गर्दा पनि उसले उपयुक्त उपाय सोंच्न सकेको थिएन ।
अहिले पनि ढोकाबाट निरन्तर आवाज आइरहेको थियो । वातावरण चिसो थियो । त्यसैले उसले ओछ्यान छाड्न सकिरहेको थिएन । फेरि अपरिचित व्यक्तिको आगमन हुने सम्भावनाले ऊ भयभीत थियो । आपुनो पहिचान र अस्तित्व खोज्ने व्यक्तिलाई के जवाफ दिने ऊ केही सोंच्न सकिरहेको थिएन । त्यसैले पनि अपरिचित व्यक्तिको सामना गर्नबाट ऊ पन्छिन खोजिरहेको थियो । तर ढोका ढकढक्याउने गति झन्-झन् तीव्र हुँदै गइरहेको थियो ।
ऊ अल्छी मानी-मानी बिस्तारै उठ्यो र ढोकाको छेउमा गयो । उसले भित्रैबाट सोध्यो को हो
-'म' बाहिरबाट शुष्क आवाज आयो ।
-'म भनेको को हो' फेरि अर्को प्रश्न ।
-'म यात्री ।' छोटो जवाफ ।
-'यात्री कस्तो यात्री' प्रश्नको सिलसिला रोकिएन ।
-'आपुनै पहिचानको खोजीमा हिँडेको यात्री ।'
-'तपाईंको गन्तव्य कहाँ हो' उसको आवाज थोरै कठोर भयो ।
-'अहिलेको लागि यही कोठा मेरो गन्तव्य हो छिटो ढोका खोल्नुस् ।' बाहिरको आवाज पनि कठोर भयो ।
उसले ढोका नखोली धरै पाएन । उसले जब ढोका खोल्यो एउटा सुन्दर नवयुवक निर्भयतापूर्वक उभिइरहेको थियो । युवकका आँखा गम्भीर थिए । मानौं ती आँखा वर्षौंदेखि कुनै प्रश्नको जवाफ खोजिरहेका छन् ।
-'तपाईं ढोकामै उभिइरहनुहुन्छ' युवकले अधिकारपूर्वक सोध्यो ।
-'एउटा अपरिचित मानिसलाई म कसरी भित्र पस्न दिउष उसले युवकका आँखामा हेट्टयो ।
-'त्यही अपरिचयले नै मलाई यहाँसम्म ल्याइपुर् याएको हो । मेरो नाम मेरो पहिचान मेरो सर्वस्व तिम्रै वंशले तिम्रै जातिले लुटेको छ । म इतिहासको त्यही हिसाब माग्दै हिँडिरहेको छु ।' युवकको आवाजमा अनौठो शक्ति थियो । युवक बोलिरहेको थियो 'म इतिहासको त्यही हिसाब खोज्ने यात्रामा छु । हामीमाथि वर्षौंदेखि अन्याय भएको छ । त्यसको हिसाब चुक्ता नभएसम्म यो यात्रा जारी रहनेछ ।'
युवक सास फेर्न रोकिएको मौका छोपेर उसले भन्यो 'त्यसमा मैले के गर्न सक्छु '
उसको प्रश्नले युवकलाई आक्रोशित बनायो 'इतिहासको यो लडाइँमा तपाईंले पनि थोरै मूल्य चुकाउनुपर्छ । तपाईंको परिवारले राज्यबाट प्राप्त गरेको सहुलियत र सुविधाको अंश तपाईंले पनि उपभोग गर्नुभएको छ । त्यसैले यो लडाइँबाट तपाईंले उम्किन पाउनुहुन्न ।'
ऊ उम्किने प्रयास गरिरहेको थियो तर युवक उसलाई छाड्ने मनस्थितिमा थिएन । युवक उसलाई हातले पन्छाएर कोठाभित्र पस्यो ऊ हेरेको हेर्यै भयो । युवक आपुनै धुनमा बोलिरहेको थियो 'मेरो भाषा मेरो सँस्कृति र मेरो माटो लुटिएको छ । म अन्यायमा परेको छु । मलाई न्याय दिलाउन तपाईंले पनि सहयोग गर्नुपर्छ । के तपाईं मलाई सहयोग गर्न तयार हुनुहुन्छ '
उसले केही जवाफ दिएन । ऊ िकंकर्तव्यविमूढ भएर उभिइरह्यो । सडकमा टाढाबाट जिन्दावाद र मुर्दावादको सामूहिक आवाज आइरहेको थियो । आवाज बिस्तारै नजिक आउँदै थियो । युवकले भन्यो 'सुन्दै हुनुहुन्छ यो आवाज' उसले तलमाथि टाउको हल्लायो । युवकले थप्यो 'यो वर्षौंदेखि उत्पीडितहरुको आवाज हो । उनीहरु अहिले सडकमा छन् । म पनि अहिले जान्छु उनीहरुलाई साथ दिन तर पछि फेरि आउनेछु तपाईंलाई भेट्न ।'
जवाफको प्रतीक्षा नगरी युवक गयो । ऊ भने सडकबाट आएको आवाज सुनिरहेको थियो ।