टाउकोमा दुईतिर डोरीले चुल्ठो बाटेकी छे, आँखामा गाजल र निधारमा बजारिया टिका लगाएकी छ – कस्ती नक्कली केटी ! – हजुरबुबाको परिभाषा ।
साडी, चोल नलगाएर के कुर्ता सुरुवाल लगाएकी होली ? काँही नभएकी नक्कली केटी – बुबाको परिभाषा ।
केटी भएर पनि कपाल काटेकी छे, टि सर्ट र जिन्सको पाइन्ट लगाएकी छे, कस्ती नक्कली केटी ! मेरो परिभाषा ।
कपडाको नाममा दुई टुक्रा पारदर्शी कपडा लगाएर हिँड्ने अर्धनग्न नक्कली केटी – छोराको परिभाषा ।
मलाई रिँगता लाग्छ, नातीको शब्दकोषमा नक्कली केटीको परिभाषा के हुने होला भनेर ?