18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शुभचिन्तकहरु

लघुकथा जगदीश घिमिरे January 24, 2011, 6:42 pm

ऊ शुभचिन्तकहरूको बथानले घेरिएको हुन्छ, जसरी सङ्लो खोलाको माछा जालको गोटीले घेरिएको हुन्छ, जसरी कैदी पर्खाल र नेलले घेरिएको हुन्छ, जसरी देश साँध–सिमानाले घेरिएको हुन्छ । ऊ यस कारण बाँचेको थियो कि कुनै शुभचिन्तकले उसलाई मर्ने सल्लाह दिएका थिएनन् ।

शुभचिन्तक नं. १ ले भत्रु भयो – तिम्री पत्नी ठीक छैनन्, छाडिदेऊ ।

उसले त्यागिदियो ।

नं. २ ले भत्रु भो – भोजनले तिम्रो स्वास्थ्य बरबाद गर्छ ।

उसले खान छाड्यो ।

नं. ३ ले भत्रु भो – घर तिम्रो लागि उपयुक्त छैन ।

ऊ रूखमुनि बस्न लाग्यो ।

नं. ४ ले भत्रु भो – लुगा लगाउनाले तिम्रो जीउमा सूर्यको भिटामिन डी जान पाउँदैन ।

ऊ नाङ्गै बस्न लाग्यो ।

नं. ५ ले भत्रु भो – तिमीजस्तो असल मान्छेले यस वाहियात संसारबाट चाँडै मुक्ति प्राप्त गर्नुपर्छ ।

उसले आत्महत्या ग¥यो ।

अनि सबै शुभचिन्तकहरूले मिलेर उसको सिनुको सुरूवा बनाउनु भयो र आजसम्म पनि जति

शुभचिन्तकहरू उपदेश ओकल्नु हुन्छ, त्यसमा त्यै सुरूवाको डकार बढी हुन्छ ।

मलाई आप्mना शुभचिन्तकहरूबाट यही अनुभव भएको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।