17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत श्याम कुमार ग्लान (तामाङ) January 25, 2011, 8:14 pm

आँफैलाई कुल्चिएर चल्छ कतै जिन्दगानी

आगो जस्तै सल्किएर जल्छ कतै जिन्दगानी

तर्न खोज्छु नियतिको बाढी उर्लिदिन्छ

बढ्न खोज्छु गन्तब्यको यात्रा लम्बिदिन्छ

जंघारमा रोकिएर गल्छ कतै जिन्दगानी

सँघारमा ठोकिएर ढल्छ कतै जिन्दगानी

निदरिमा उडी दिन्छ अगेनामै परी दिन्छ

भरोसाका फूल पनि कोपिलामै झरी दिन्छ

सपनाको आकाशमा फल्छ कतै जिन्दगानी

आँफैसँग तर्किएर छल्छ कतै जिन्दगानी

आँफैलाई कुल्चिएर चल्छ कतै जिन्दगानी

आगो जस्तै सल्किएर जल्छ कतै जिन्दगानी

सिन्धुली, माझुवा; हाल: दोहा, कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।