18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कमल खतिवडा January 25, 2011, 8:45 pm

ठूलै सागर तर्न खोज्ने आँट मेरो कस्तो ?

डुविगए म नै डुव्थे दिमाग मेरो कस्तो ?

डुव्नेहरुको कथा सुन्दा मनै अत्तिन्थ्यो

जान्दाजान्दै पस्न खोज्ने सोचाइ मेरो कस्तो ?

ठिङ्ग उभिएँ किनारमा जे जे पर्ला पर्ला

प्रयोग गरि हेरौं भन्ने साहस मेरो कस्तो ?

आखिरमा डुव्नै रछ जीवनको सागरमा

डुवे मात्र वन्छ जीवन, भन्नुस वुझाइ मेरो कस्तो ?

बुधवारे ४, झापा; हाल: सानेपा, ललितपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।