अमृत रोपेथे तर विष फलेपछि के लाग्यो र
आफ्नो भन्नेले नै छलेपछि के लाग्यो र
धेरै बयान दिएँ मैले पिरतीको इजलासमा
बकपत्र गर्दा गर्दै गलेपछि के लाग्यो र
अबिश्वासको खडेरीले गाँजेको छ दुनियाँ यो
बिश्वासको बस्ती सबै बलेपछि के लाग्यो र
छातीभित्र कोमल मुटु, मुटुभित्र उनलाई राखेँ
यै मुटुनी उनकै कारण जलेपछि के लाग्यो र
आँशु सस्तो भाछ अचेल, हाँस्ने भन्दा रुने धेर छन्
हाँसो लुट्दै हिड्ने चलन चलेपछि के लाग्यो र
भक्तपुर