16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘‘धवलागिरि अञ्चलमा प्रचलित बाललोकगीत’’ माथि समाजशास्त्रीय टिप्पणी

कृति/समीक्षा राजेन्द्र पहाडी January 28, 2011, 7:26 pm
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

पूर्वशर्त

नेपाल प्रज्ञा प्रतिष्ठान बालसाहित्य विभागद्वारा रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङको संयोजकत्वमा धवलागिरि अञ्चलको सदरमुकाम बागलुङ बजारमा सम्बत् २०६७ साल जेठ २८ र २९ गते आयोजित दुई दिवसीय बालसाहित्य सङ्गोष्ठीमा लोक साहित्यका अध्येता तथा पृथ्वीनारायण क्याम्पस पोखराका सह–प्राध्यापक डा. कुसुमाकर न्यौपानेले प्रस्तुत गर्नुभएको ‘‘धवलागिरि अञ्चलमा प्रचलित बाललोकगीत’’ विषयक कार्यपत्रमाथि समाजशास्त्रीय दृष्टिबिन्दूबाट यो संक्षिप्त टिप्पणी गरिएको छ ।

पर्वत जिल्लाको दक्षिणवर्ति पैंयुखोला क्षेत्रमा जन्मे, हुर्केर उच्च शिक्षा हासिल गरी नेपाली लोक साहित्य, संस्कृति र भाषाको सोधखोज र अनुसन्धानमा तल्लीन संस्कृतिविद् डा. कुसुमाकर न्यौपानेको नेपाली लोक संस्कृतिको अन्वेषण, प्रवद्र्धन र सम्बद्र्धन गर्ने काममा अतुलनीय योगदान रहेको छ । यिनी नेपाली ग्रामीण लोक संस्कृतिका चर्चित अध्येता हुन् । यिनले धवलागिरि क्षेत्रको मात्र होइन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तरमा हिमालयदेखि दक्षिणमा तराईसम्मको लोक संस्कृतिको अध्ययन गर्न भ्याएकाछन् । आफूले गरेको खोज अनुसन्धानको श्रव्य÷दृश्य प्रमाण प्रस्तुत गर्न सक्ने डा. न्यौपानेको नूतनशैली अनुकरणीय छ । यिनै सांस्कृतिक स्रष्टा डा. कुसुमाकर न्यौपानेको कार्यपत्र ‘‘धवलागिरि अञ्चलमा प्रचलित बाललोकगीत’’ माथि समाजशास्त्रीय कोणबाट समीक्षात्मक टिप्पणी गर्दै यो लघुआलेख तयार गरिएको छ । प्रस्तुत टिप्पणी बागलुङस्थित बालमन्दिर सभाहलमा आयोजित धवलागिरि अञ्चलस्तरीय बालसाहित्य सङ्गोष्ठीमा यो पङ्तिकारले व्यक्त गरेको मौखिक अभिव्यक्तिमा आधरित रहेको निवेदन गर्दछु ।

पृष्ठभूमि

डा. न्यौपानेलिखित प्रस्तुत कार्यपत्र डिमाइ साइजमा सन्दर्भ सामग्रीसहित कूल मिलाएर २० पृष्ठमा संयोजित छ । कार्यपत्रमा प्रमुखरुपमा नेपालको पश्चिमाञ्चल क्षेत्र अन्तरगत पर्ने धवलागिरि अञ्चलभित्र नेपाली भाषामा गाइने बाललोकगीतहरुलाई अध्ययनको विषय बनाइएको देखिन्छ । मूलतः पत्रमा बाललोकगीतको परिभाषा दिंदै यस अञ्चलभित्र प्रचलनमा रहेका बाललोकगीतको अध्ययन परम्परा, यहा“ प्रयोगमा रहेका बाललोकगीतको वर्गीकरणका आधार र तिनका प्रकार अनि विशेषतालाई उजिल्याउने काम गरिएको छ । बाललोकगीतका क्षेत्रमा देखापरेका सबै प्रवृत्ति, स्वभाव र विविधतालाई अटाउन नसकिएको यस कार्यपत्रमा कूल ३५ वटा नेपाली भाषामा गुन्गुनाइने बाललोकगीतका टुक्राङ्शलाई समावेश गरेको देखिन्छ ।

वास्तवमा बाललोकगीतहरु भनेका तत्समाजका अमूल्य निधि र परिचायक हुन् । समाजलाई जस्ताको तस्तै चिन्न, खोतल्न, छिमल्न र अन्वेषण गर्न यिनले सघाउ“छन् । भनिन्छ– बालकको बोलीमा भगवानको आवाज हुन्छ । उनीहरु सधैं र जुनसुकै अवस्थामा पनि सत्य बोल्छन् । तसर्थ बालबालिकास“ग सम्बन्धित भएर रचना गरिएका तथा प्रयोग गरिएका बाललोकगीतहरुले पनि यो वा अर्को कोणबाट मौजुदा समाजको सत्य चित्रण गर्न सहयोग गर्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । यस भनाईमा समर्थन जनाईरह“दा के तथ्य पनि भूल्न मिल्दैन भने बालबालिकाको अबोधपनलाई हतियार बनाएर तिनैको मर्म–मर्ममा प्रहार गर्न खोज्नु हु“दैन । अर्थात बाललोकगीतहरु तिनका लागि जीवनदायिनी ऊर्जा बन्नु पर्दछ । गीतबाट तिनले जीवन र जगत सिक्ने, बुझ्ने र जस्ताको तस्तै ठम्याउने अवसर पाउनु पर्दछ । अझ सकिन्छ भने बाल साहित्यका माध्यमबाट बालबालिकाले सामाजिक विज्ञानका बारेमा थाहा पाउने अवसर प्राप्त गर्नुपर्दछ ।

भविश्यका कर्णधार भनिएका आजका बालबालिकाले जे जस्तो सिक्दछन् त्यसको प्रभाव तिनको आगतमा अवश्य पर्नेछ । तसर्थ हामीले तिनलाई कज्याउनका लागि मात्र पृष्ठभूमि तयार ग¥यौं भने त्यो बेइमानी मात्र हुनेछ । तिनलाई तागत, जोश र जा“गर प्रदान गर्न सक्ने बाललोकगीतको सिर्जना, प्रयोग र निरन्तरताले मात्र हाम्रो लोकसंस्कृतिको स्व–पहिचानलाई जोगाइराख्न मद्दत पुग्ने स्थिति बन्न सक्छ । यसैसन्दर्भमा डा. न्यौपानेले तयार गरेको कार्यपत्रको धरातलमा उभिएर आम नेपाली बालबालिकाको बालसुलभ मनोभावनालाई प्रगेल्ने आधार प्रसस्त भएको छ ।

कार्यपत्रको अन्तरवस्तु

डा. न्यौपानेले धवलागिरि अञ्चललाई र यस अञ्चलभित्र बसोबास गर्ने नेपालीभाषी समुदायलाई केन्द्रमा राखी यो अनुसन्धान पत्र तयार गरेका हुन् । यसभित्र धवलागिरि अञ्चलभित्र लोकगीतको अध्ययन गर्ने क्रममा पूर्व अध्येताहरुले यहा“का बाललोकगीतका विविध पक्षका बारेमा दिएको सूचनाहरुलाई समावेश गरेको देखिन्छ भने यस क्षेत्रमा प्रचलनमा रहेका बाललोकगीतलाई आकार, गायक, विषय, उद्देश्य, अर्थ र शैली गरी छवटा आधारमा वर्गीकरण गरेर तिनका प्रकार पर्गेल्ने प्रयत्न गरिएको छ । यसबाहेक बाललोकगीतका आधारभूत विशेषताहरुलाई सामान्य व्याख्या सहित पस्किएको देखिन्छ ।

कार्यपत्रमा बाललोकगीतका विशेषताहरुलाई मौखिक परम्परा, अकृत्रिमता, सरलता, संक्षिप्तता, शैलीगत र लयगत विविधता, अन्तराको प्रधानता, बालसुलभ विषयवस्तु र भाव, बालसुलभ भाषा, बालबालिकाका निम्ति गाइनु, मनोरञ्जनात्मकता आदि भनि उल्लेख गरिएको छ । कार्यपत्रले धवलागिरि अञ्चलमा प्रयोगमा रहेका कतिपय बाललोकगीतहरु आधुनिकताको प्रवेशस“गै लोपहुने अवस्थामा रहेको कुरालाई स्वीकार गरेको छ भने यस क्षेत्रका बाललोकगीतलाई वैज्ञानिक ढङ्गले सङ्कलन गरी तिनलाई यथोचित संरक्ष्ँण गर्न आवश्यक देखिएको छ भनी सुझाव प्रस्तुत गरेको छ ।

बाललोकगीतको समाजशास्त्र

प्रस्तुत कार्यपत्रको रुपरेखा र यसभित्र अटाएका बाललोकगीतको शैली, संरचना, उद्धेश्य र रुपलाई अनुशीलन गर्दा के देखिन्छ भने मूलतः बाललोकगीतहरुले नेपाली ग्रामीण समाजको दैनन्दिन क्रियाकलापहरुको सेरोफेरो समातेका हु“दा रहेछन् । हाम्रो सामाजिक–आर्थिक सम्बन्ध र उत्पादन पद्धति एवं शक्ति सम्बन्धका आधारमा सोही बमोजिमका बाललोकगीतहरु सिर्जना हु“दा रहेछन् । विकसित देशका बालबालिकाले ‘मिक्की माउस’का कुरा गर्दा हाम्रा बालबालिकाले ‘‘चि...मुसी, चि...मुसी’’ गाएको कुराले यहि सन्दर्भलाई पुष्टी गर्दछ । धनी देशका कलिला हातहरुले कम्प्यूटरको स्क्रिनमा विश्व सयर गर्दैगर्दा हाम्रा भूराभूरीहरु भोकभोकै भाइबैनी स्याहार्न र भेडाबाख्रा चराउन बाध्य थिए । त्यसैले भोकले आकुल ब्याकुल भएर निकै सताएपछि तिनले अन्तरहृदयको सत्य ओकले र गीत गाए– ‘‘ताराबाजी लैलै...मामा आए घोडा, माइजु आइन् डोली’’ । समृद्ध देशका बच्चाका हातले ल्यापटप खेलाउने अवसर पाइसक्दा हाम्राले धुलेपाटी पनि नपाएको अवस्थामा सोही खालका बाललोकगीत बनेहोलान् भनेर अड्कल काट्न कठिन छैन । ‘‘दुकुर दुकुर कुइरा’’ भन्दै डा“डामाथिको कुइरो लखेट्ने नियति हाम्रा सबै बालबालिकाले भोगेको तितो यथार्थ हो ।

कार्यपत्रमा प्रयुक्त धवलागिरि क्षेत्रका नेपालीभाषी बालबालिकाहरुले प्रयोग गर्ने र तिनका लागि प्रयोग गरिने बाललोकगीतहरुको उठानको जग हाम्रै समाज व्यवस्था हो, जुन समाज अतिशय विभेद, अन्याय, अज्ञानता, असमानता र अचाडूपनमा आधारित छ । यस भेकमा गाइने बाललोकगीतले समग्र नेपाली ग्रामीण गाउ“वस्तीहरुको प्रतिनिधित्व गर्न सक्दछन् भन्ने देखिन्छ । धेरैजसो बाललोकगीतहरु बालबालिकालाई सुताउ“दा, खुवाउ“दा, नचाउ“दा, कुनै काम गराउ“दा, झैझगडा गरेको समयमा फुल्याउ“दा गुन्गुनाउने÷गाइने परम्परा रहेको छ । डा. न्यौपानेको कार्यपत्रमा पनि यिनै प्रयोजनका लागि रचना गरिएका बाललोकगीतहरुलाई प्राथमिकताका साथ उठाइएको पाइन्छ । उनको पत्रमा उद्धरण गरिएका केही बाललोकगीतहरु यस्ता रहेकाछन्– ‘‘नाई बूढी नाईनाई’’, ‘‘कुक्कु, देखें’’, ‘‘काने काने कुर्र, चरी उड्यो भुर्र’’, ‘‘ का बूढी आयो, भा“डाकु“डा लुकायो’’, ‘‘को खाई बाबु को खाई’’, ‘‘थिरथिर लौरी कुवा जा’’, ‘‘ऐया आमा घैया पाक्यो’’, ‘‘नाच न नानी नाचन’’, ‘‘ए लहरे है पहरे’’, ‘‘ताराबाजी लैलै’’, ‘‘कुखुरी का“’’, ‘‘हुटिट्याउ“ले फुल पा¥यो’’, ‘‘टपटप टिपी’’, ‘‘हा बाबु हा’’, ‘‘चुनु बाबु चुनु’’, ‘‘तु तु तु नु नु नु’’, ‘‘चिमुसी चि’’, ‘‘यति यति पानी’’, ‘‘बब बा“, बुबु दे’’, ‘‘ढुकुमुकु ढुकुमुकु कसको हात ?’’, ‘‘हरहर महादेउ पानी देऊ देऊ’’, ‘‘लुतो लैजा, लुतो लैजा’’, ‘‘दशैं आयो खाम्लापिम्ला’’, ‘‘घामपानी घामपानी’’, ‘‘जाडो भयो जडेनी’’, ‘‘दुकुर दुकुर कुइरा’’, ‘‘उड्कुसीमुड्कुसी’’, ‘‘धैया बाबु धैया’’, ‘‘चचहुई सररररररर’’, ‘‘हुतुतुतु पन्जा बाघपन्जा’’, ‘‘उम्मोडुम्मो खैराखोर’’, ओरोडोरो काठे कोरो’’, ‘‘कोक्कलडोक्कल कौने मारी’’, ‘‘गोठे लौरी गोठै जा’’ र ‘‘चहै बाबु चहै’’ ।

वस्तुतः डा. न्यौपानेको कार्यपत्रमा उल्लिखित बाललोकगीतहरु आलिसान महलमा जन्मेकाहरुका उपज होइनन् । यि हुनेखानेहरुका भन्दा पनि भएखाने वर्गका बालबालिका र तिनका अभिभावकका सिर्जनाहरु हुन् । पुगीसरी खाने र पु¥याएर खानेबीचको खाडल यि बाललोकगीतले यो वा अर्को ढंगले उजागर गरेकाछन् । ‘कोही त भने जहाजमा सरर...कोही त भने पसिना धरर...’ को वस्तुतथ्यलाई पत्रमा समाविष्ठ बाललोकगीतले राम्रैस“ग उद्बोधन गरेकाछन् । वास्तवमा शहरी क्षेत्रका ठूला–ठूला महलमा बस्ने र चरम सुखसुविधामा हुर्केका बालबच्चाहरुलाई दूध के बाट आउ“छ भन्यो भने तिनको सहज उत्तर हुन्छ दुध ट्रकले या दूधबोक्ने गाडीले ल्याउ“छ । त्यसैले तिनका लागि ‘‘बब बा“ बुबु दे’’ भन्ने बालगीतको कुनै उपादेयता रहन्न । तिनका घरमा कहिल्यै अन्न–पानीको अभाव हुन्न । तिनलाई जेठ–असार कुरेर खेतीपाती लगाउनु छैन । यसोभएकाले तिनलाई आकासबाट पानी पर्नु र नपर्नुले तात्विक अर्थ राख्दैन । खेतीपाती र पानीको सम्बन्धलाई खुट्टाउने हैषियत नराख्ने सम्भ्रान्त बालबालिकालाई ‘‘हरहर महादेव पानी देऊ देऊ’’ भन्ने बालगीतले कुनै आकर्षण पैदा गर्न सक्दैन । तिनले चोखो, मिठो–मसिनो खान कुनै चाड्बाड् कुर्नु पर्दैन भने ‘‘दशैं आयो खाम्ला पिम्ला’’ भन्ने गीत गाउनुको खासै अर्थ तिनका लागि रह“दैन, फगत रङ्गरमाइलो बाहेक ।

ग्रामीण बस्तीमा रहेबसेका हाम्रा बाबुआमालाई सधैं कामको चटारो । दशनङ्ग्रा खियाएर काम गर्दा पनि दुई–तीन महिनाका लागि अन्न जुटाउन हम्मेहम्मे । तिनीहरुले कहिल्यै सुखका सास फेर्न पाएनन् र पाइरहेका छैनन् । बिहान उठेदेखि राती अबेरसम्म कुनै न कुनै काममा जोतिनु पर्ने अभिभावकका लागि कलिला उमेरका सन्तानलाई काखमा राखेर लाडप्यार दि“दै हुर्काउने रहर हु“दाहु“दै पनि त्यो सम्भव थिएन र छैन । त्यसैले ति अभिभावकले करै गरेर भएपनि बच्चालाई नसुताई काममा जान मिलेन । परिणामतः रमाइलो बाललोकगीत जन्म्यो– ‘‘चुनु बाबु चुनु’’ । यस्ता प्रकृतिमा थुप्रै बाललोकगीतहरुको धनी छ हामी रहेबसेको समाज । यहा“ विविध बान्कीका गेयात्मक र लयात्मक टुक्राटाक्रीले बालगीतको स्वरुप धारण गरेकाछन् । ‘‘सुरी.....आ’’, ‘‘म्याउ–म्याउ बिरालो’’ र ‘‘छुपुछुपु तेल–बाबु जर्नेल’’ पनि यस्तै बालबालिकास“ग सम्बन्धित लोकगीतहरु हुन् ।

बालबालिकालाई कुन प्रयोजनका लागि गीत गाइनुपर्ने हो सोही आधारमा बाललोकगीतहरु बनेको देखिन्छ । खुवाउ“दा, पियाउ“दा, सुताउ“दा, डर देखाउ“दा, हसाउ“दा आदि विभिन्न उद्देश्यका लागि पृथक–पृथक लोकगीतहरु सिर्जना भएकाछन् । बालबालिकाका बाबुआमाले, दाजुदिदीले, काकाकाकीले र छरछिमेकी लगायतकाले गाउने तथा बालबालिका स्वयंमले गाउने गीतहरु छुट्टाछुट्टै भएको देखिन्छ । यसबाट के थाहापाउन सकिन्छ भने हाम्रो समाजमा आवश्यकता र औचित्यताका आधारमा बाललोकगीतहरु स्वतःस्फूर्त तयार हु“दै र प्रयोग गरि“दै आएका छन् ।

कार्यपत्रमा सम्लग्न बाललोकगीतका समाजशास्त्रीय प्रकारहरु

व्यक्ति, समाज र संस्कृतिको परिचय स्थापित गर्न मद्दत पु¥याउने बाललोकगीतहरु

भोलीका कर्णधार भनिएका बालबालिकालाई संस्कार सिकाउने प्रकृतिका बाललोकगीतहरु

बालबालिकालाई सामाजिकीकरण गर्न सहयोग पु¥याउने बालबालोकगीतहरु

बालबालितकालाई आफ्नो समाजको अन्तरक्षेदन(Penetration) मा सघाउ पु¥याउने बाललोकगीतहरु

बालबालिकाको पारिवारिक तथा सामाजिक बैधता (Social Legitimacy) स्थापित गर्न सघाउने बाललोकगीतहरु

बालबालिका तथा पाका–पुराना पुस्ताका व्यक्तिहरुको मनो–सामाजिक प्रवृत्तिलाई उजागर गर्ने बाललोकगीतहरु

डा. न्यौपानेको लोक सभ्यता र संस्कृति अध्ययनको पृष्ठभूमि ग्रामीण परिवेश नै हो । तसर्थ सामन्ती सम्बन्धले बा“धिएको नेपाली समाजको वस्तुयथार्थ प्रकटीकरण गर्न उनको पत्रमा समेटिएका बालगीतहरु केहीहदसम्म सफल छन् । त्यसो त विगत र वर्तमानमा अस्तित्वमा रहेको समाज र संस्कृतिको रौंचिरा विश्लेषण गर्न बाललोकगीतहरु सहयोगी हुने कुरामा कुनै शंका गर्न सकिंदैन । बालबालिकाहरुका लागि तयार गरिएका यि लोकगीतहरुले नेपाली समाजको अधिसंरचना (structure) र त्यसको जगमा उभिएको उपरी संरचना (super structure) लाई राम्रैस“ग उधिन्न सहयोग पुग्छ । बालमनोविज्ञानमा आधारित भएर प्रचलनमा आएका यस्ता गीतहरुले समकालीन समाजको छिन्द्रान्वेशण गर्न मनग्गे मद्दत गरेको भेटिन्छ पनि ।

प्रस्तुत कार्यपत्रमा समावेश गरिएका केही बालगीतहरुलाई मात्र आधार बनाएर विश्लेषण गर्ने हो भने पनि के देखिन्छ भने हाम्रा बाललोकगीतहरु पनि सामाजिक, सांस्कृतिक र लैङ्गिक विभेदमा आधारित भएर बनेका रहेछन् । समाजमा आजसम्म अस्तित्वमा रहेको छोरा र छोरीबीचको असमान शक्ति सम्बन्धलाई केही बाललोकगीतहरुमा पनि समावेश गरिएको पाइन्छ । जसका कारणले अबोध बालबालिकाले नचाहेरै पनि केटा र केटीका बीचको विभेदलाई आत्मसाथ गरिरहेका हुन्छन् । ‘‘नाई बूढी नाई’’, ‘‘का बूढी आयो’’, ‘‘नाच न नानी नाचन’’ र ‘‘जाडो भयो जडेनी’’ जस्ता गीतले महिला (छोरी) लाई गीतको पात्रको रुपमा प्रस्तुत गरेको देखिन्छ भने ‘‘को खाई बाबु को खाई’’, ‘‘हा बाबु हा’’, ‘‘चुनु बाबु चुनु’’ र ‘‘धैया बाबु धैया’’ जस्ता गीतले पुरुष (छोरा) लाई पात्रको रुपमा चयन गरेकाछन् । त्यसो त बालउमेरका नानीबाबुहरु छोरा–छोरी जे भएपनि ‘बाबु’ या ‘नानी’ भनेर सम्बोधन गर्ने चलन आज पनि अस्तित्वमा रहेकै छ । यसका अलवा अन्य कैयन बाललोकगीतहरु छन् जसले जातीय रुपमा रहेको सामाजिक विभेदलाई कायम राख्न वा कलिला बालबालिकाहरुलाई सोही खालको सामाजिकीकरण प्रक्रियामा लैजान सहयोगी भूमिका खेलेका हुन्छन् । ‘‘चंखे डुम–राते डुम’’ र ‘‘गोतामे गोतामे–तीन ताउले’’ जस्ता गीतले कुनै खास जाती विशेषको उछितो काड्ने र तिनको अपमान गर्ने कुरालाई जोड दिएको देखिन्छ । यसैगरी ‘‘बिराली सुरसुर–बिरालो ङ्यार्र’’ जस्ता गीतले महिला या पोथीजाती अलिक कमजोर, लजालु, नरम हुने र पुरुष या भालेजाती केही आक्रामक, हिंस्रक र कडा स्वभावको हुने कुरालाई देखाउन खोजिएको भेटिन्छ । यस्ता प्रसङ्गबाट बाल मस्तिष्कले पनि त्यहि खालको स्वभाव र दृष्टिकोण बनाउन सक्ने सम्भावनालाई मलजल गर्छ ।

यसरी कतिपय अवस्थामा हाम्रा बाललोकगीतहरुले पारस्परिक सद्भाव, भाइचारा, बन्धुत्व र सहिष्णुतामा अडिएको नेपाली समाजलाई तिक्ततातर्फ लैजान सहयोग पु¥याउने त हैनन् भन्ने प्रश्न उब्जिनु स्वाभाविक लाग्दछ । जे होस् जे जती बाललोकगीतहरु धवलागिरि क्षेत्रमा र खासगरी यहा“का नेपालीभाषी समुदायमा प्रचलनमा रहेकाछन्, तिनले सिङ्गो धवलागिरि क्षेत्रको प्रतिनिधित्व गर्न सहयोगी भूमिका खेल्न सक्लान् भन्ने विश्वास गर्न सकिन्छ । परन्तु, जातीय, भाषिक, सांस्कृतिक, धार्मिक तथा भौगोलिक बहुलतामा आधारित समाजमा खास भाषिक समुदाय (नेपाली भाषी) को मात्र अध्ययन गरिएकाले यसबाट आएको निश्कर्ष सबैका लागि लागू नहुन सक्दछ । धवलागिरि क्षेत्रमा बसोबास गर्ने अन्य थुप्रै भाषिक, धार्मिक तथा जातीय समुदायलाई पनि यस्तो प्राज्ञिक महत्वको अध्ययनमा समावेश गर्न सकिएका भए ‘फूलमा सुगन्ध’ झैं हुने थियो नै ।

टुङ्ग्याउनी

कार्यपत्रमा समेटिएका सबैजसो बाललोकगीतहरु सदियौंदेखि नेपाली समाजमा प्रचलनमा रह“दै आएका बालगीतहरु हुन् । यि बाललोकगीतहरु धवलागिरि क्षेत्रका नेपालीभाषी समुदायले मात्र नभई नेपालका विभिन्न भू–भागमा बसोवास गर्ने जातजातीहरुमा प्रयोग हु“दै आएको पाइन्छ । पछिल्लो समयमा नेपाली समाजमा उदाएको चेतना, जागरण, बाह्य सम्पर्क र सम्बन्धका कारणले समाजको संस्कार, चालचलन, रीतिरिवाज, प्रथा, परम्परा, शैली, विश्वास, आचार विचार आदिमा ठूलो परिवर्तन आएको छ । यिनै परिवर्तनको भेलमा हाम्रा पुरातन मान्यता र प्रचलनहरु पनि दिन दुईगुणा र रात चारगुणाको दरले फेरिन अटेसमटेस गरिरहेको देखिन्छ । बालबालिकाको क्ष्ँेत्रमा पनि ठूला परिवर्तनहरु आएकाछन् । बालअधिकारका कुरा उठिरहेकाछन् । बालबालिकालाई डर, त्रास देखाई तर्साउनु, धम्काउनु हु“दैन भन्ने अवधारणाले ठाउ“ लिइरहेको अवस्था छ । हरेक क्षेत्रमा बालबालिका प्राथमिकतामा राखिनुपर्छ भन्ने आवाज सघन ढंगले मुखरित भैरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै बालहिंसाका विरुद्धमा वातावरण निर्माण भैरहेको छ ।

आधुनिक शिक्षा पद्धतिले नया“–नया“ शैलीका बालशुलभ कथा, गीत, लघुनाटक र खेलहरुको विकास गरिरहेको छ । यस्तो परिवर्तनबाट धवलागिरि क्षेत्र पनि अछुतो छैन र हुनु पनि हु“दैन । पछिल्लो समयमा बाललोकगीतको क्षेत्रमा पनि समसामयिक परिवर्तनहरु आउन थालेको छ । विद्यालयहरुमा गुरु–गुरुआमाहरुले बालबालिकालाई नया“ रुप र शैलीमा जीवनोपयोगी बालगीतहरु सिकाइरहेकाछन् । नाकको सिंगान पुछ्न नजान्ने नानीबाबुहरुलाई विद्यालयमा शिक्षक–शिक्षिकाहरुले बालगीतकै माध्यमबाट कखरा र A B C D सिकाइ रहेकाछन् । यस्ता कुराहरु पनि कार्यपत्रमा समेट्न सकिएको भए कार्यपत्र थप ओझपूर्ण हुने कुरामा ऊर्जा मिल्ने थियो । तथापि, एउटै पत्रमा सबैकुरा, सबैक्षेत्र र सबै सवाललाई समेट्नु निकै चुनौतिको विषय हो । तैपनि अचेल चलेको समावेशीकरणको औचित्यतालाई नजरअन्दाज गर्न नमिल्ने भएकाले सबै जात, लिङ्क, वर्ण, सम्प्रदाय, भाषाभाषी र वर्गलाई अध्ययनको दायरामा राख्नु समिचीन नै हुने देखिन्छ । यस क्षेत्रमा बसोवास गर्ने मगर, गुरुङ, बोटे, भोटे, थकाली, कुमाल आदि जनजाति समुदायमा प्रचलनमा रहेका तत्तत् भाषाका बाललोकगीतहरुलाई पनि कार्यपत्रमा प्रस्तुत गर्न सकिएको भए यसको महत्ता र गरिमा उचाईमा पुग्ने कुरालाई नजरअन्दान गर्न सकिंदैन ।

कार्यपत्र प्रस्तोता डा. न्यौपानेले स्वीकार गरेजस्तै अहिले विस्तारै विस्तारै हाम्रो लोक संस्कार, संस्कृति र सामाजिक मूल्यहरु खस्कि“दो अवस्थामा रहेकाछन् । यिनको संरक्षण, सम्बद्र्धन र सदुपयोगमा यथोचित ध्यान नदिने हो भने अबको केही समयपछि बाललोकगीतहरु पनि एकादेशको कथामा सीमित हुन सक्ने अवस्था नआउला भन्न सकिंदैन । तसर्थ राज्यको तर्फबाट पनि बालबालिकास“ग सम्बन्धित यस्ता लोकगीतहरुलाई खोज अनुसन्धान गर्ने, रेकर्ड गर्ने, छायाङ्कन गर्ने, पाठ्यक्रममा राख्ने, सार्वजनिक प्रयोगका लागि उत्साहित गर्ने आदि कार्यक्रमहरु ल्याउन जरुरी छ । यसैगरी सम्बन्धित समुदायको तर्फबाट पनि आफ्नो सांस्कृतिक परिचय र गरिमालाई जोगाउन आवश्यक पहल गर्नुपर्ने देखिन्छ । स्थानीयस्तरमा जिल्ला विकास समिति, नगरपालिका र गाउ“ विकास समितिहरुले आ–आफ्नो क्षेत्रको लोक संस्कृतिलाई संरक्षण गर्न अध्ययन अनुसन्धानलाई व्यवस्थित गर्ने, अनुसन्धानबाट आएको निश्कर्षलाई सुरक्षित राख्ने, लोक संस्कृतिको प्रचारप्रसार गर्ने, लोक साहित्य र संस्कृतिका बारेमा अध्ययन गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने आदि काममा सघाउन सक्दछन् ।

बालबालिकाको सन्दर्भमा कुरा गर्दा स्वयं बालबालिकालाई नकारात्मक प्रभाव पार्ने, सामाजिक सद्भाव विथोल्ने, असमानता सिर्जना गर्न सहयोगी भूमिका खेल्ने प्रकृतिका बाललोकगीतलाई छोड्दै जाने वा आवश्यक परिमार्जन र संशोधन गरी प्रयोगमा ल्याउन अब ढिलो गर्नु हु“दैन । कम्प्यूटर, इमेल, इन्टरनेटको प्रयोग गरी आफूलाई सबैभन्दा दक्ष सावित गर्ने होडमा लागेको आजको बालपुस्तालाई उनीहरुको मौलिक संस्कार, परम्परा र संस्कृतिलाई आत्मसाथ गर्न सक्ने बनाउनु ठूलै चुनौतिको विषय हो । अंग्रेजी भाषाप्रतिको बढ्दो मोहका कारणले हाम्रा अभिभावक र बालबालिकाहरु समेत मौलिक संस्कृतिको प्रयोगप्रति उदासिन बन्दै गएको वस्तुसत्यलाई समयमै निरुपण गरी नेपालीमात्रको गौरव र पहिचानको धरोहर लोकसंस्कृति र यसस“ग सम्बन्धित सांस्कृतिक सम्पदाहरुलाई जगेर्ना गर्न सबैले सोच्नै पर्दछ । पश्चिमाकरण, शहरीकरण, आधुनिकीकरण, उदारीकरण र उपभोक्तावादी संस्कृति हावी बनिरहेको आधुनिक समयमा हाम्रा गाउ“वेसीमा हुर्केको पुरानो संस्कृति छायामा पर्ने सम्भावना बढिरहेको छ । तसर्थ हाम्रो मौलिक पहिचानलाई स्थापित गर्न हामी आफैले कम्मर कसेर लाग्नु पर्ने कुरामा सायद कसैको दुईमत नरहला । बालबालिकाका लागि प्रयोग गरि“दै आएका बाललोकगीतको सम्वद्र्धन, संरक्षण र प्रवद्र्धनको क्षेत्रमा पनि गम्भीर ढंगले सोचेर नलाग्ने हो भने आजपर्यन्त प्रयोगमा रहेका बाललोकगीतहरु पनि समयको चक्रमा पिल्सिदै गएर नामोनिसान हराउने स्थितिमा नपुग्लान भन्न सकिंदैन ।

(समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं शिक्षाशास्त्रका स्नातक टिप्पणीकार श्री पहाडी शिवालय नमुना उच्च मावि कुश्माका सह–प्राचार्य तथा पर्वत साहित्य सङ्गम र गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालय कुश्माका कार्यकारी सचिव हुन् ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।