15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

क्यानाडाको नेपाली साहित्य : एक टिपोट

विचार गोबिन्दसिंह रावत January 31, 2011, 8:50 pm

नेपाली कविताको इतिहासमा सुवानन्द बाडाको पृथ्वीनारायण शाहको वीरताको महिमा भएको कवितालाई अहिलेसम्मको पहिलो कविता मानिएको छ । अनुसन्धानको कुनै सीमा हुदैन भनिन्छ त्यसैले यसैमा पूर्णविराम लगाउनु जरुरी मानिदैन । अर्कोतिर नेपाल बाहिर अर्थात प्रवासमा छापिएको कवितामा भारतबाट यो परम्परा शुरु भएको थियो । तर दक्षिण एशियाबाहेक सात समुद्रपारीको इतिहासलाई खोतल्ने हो भने विदेशमा गएर नेपाली भाषामा पहिलो कविता कोरेर त्यहीकै पत्रिकामा प्रकाशित गर्ने कविको खोजी गर्ने बेला आईसकेको छ । त्यस्तै सात समुद्रपारी पहिलो कविता संग्रह प्रकाशित भएको इतिहास पनि खोजतलास गर्ने बेला आएको छ । नेपाली भाषा साहित्यका लागि लगानी गरेका पहिलो कवि र कविता संग्रहबाट हामी विदेशमा बस्ने नेपाली अझभनौं गैरआवासीय नेपालीहरुको (प्रवासी नेपाली शब्दलाई नै निरन्तरता दिएको भए हामी गैर भन्ने शाब्दबाट त विभुने थिएनौं) भाषासाहित्य प्रतिको लगाउको थालनी पत्ता लगाउनु जरुरी छ । प्रवासी नेपालीभनेर चिनिने हामीहरुले प्रायः आप्mनै रचनालाई प्राथमिकताका साथ प्रकाशित गर्ने गरेका छौं । त्यसैले अहिलेसम्म व्यक्ति कविका प्रशस्तै कविता सङ्ग्रहहरू छापिएको पाइन्छ भने बेलाबेलामा केही मात्रामा समूह कविका कविताहरूको स“गालो पनि प्रकाशित भएका छन् । खास कालखण्डका विभिन्न कविहरूका कविता सङ्कलन गरी एकीकृत रूपमा प्रकाशित गर्नु अत्यन्त महŒवपूर्ण कार्य हो । यस्ता सङ्कलनले त्यस कालखण्डका कवि र कविताबारे प्रतिनिधिमूलक जानकारी लिन पर्याप्त सहयोग पु¥याउ“छ । नेपालबाट यस्ता नेपाली कविताको सङ्ग्रह थुप्रै छापिएको पाइए तापनि विदेशबाट कमै छापिएका देखिन्छन् । पछिल्लो पटक देखापरेको सामुहिक कविता संग्रहमा उत्तर अमेरिकाका नेपाली कवि र कविता शीर्षकको कविता सङ्ग्रहले उत्तर अमेरिकामा बसोबास गर्दै आएका नेपाली कविहरुका कविता संग्रह प्रकाशिन भएको थियो । तारानाथ शर्माको प्रधान सम्पादन प्रकाशित यस संग्रहमा क्यानाडाका मानकाजी, गोबिन्दसिंह रावत, गोपीकृष्ण काÏले, मुक्ती गौतम र डा. तुलसी धरेल गरी पा“चजनाका कविताहरु पनि संग्रहित भएका छन् ।

क्यानाडामा नेपाली भाषसाहित्य र संस्कृतिका बारेमा कुरा गनु पर्दा सर्वप्रथम यहा“का समाजसेवी किरण ढु¨ानाको नाम अग्रपंक्तीमा आउ“छ । प्रारम्भदेखिनै सामाजिक कार्यमा संलग्न रहदै आउनुभएका ढु¨ानाले आप्mनो प्रवास आगमनसंगै नेपालीहरुलाई एउटै मञ्चमा उभ्याउन सन् १९९१ मा नेपाली एशोसिएसन इन क्यानाडा (एन.ए.सी.) को स्थापना गराएर भाषा साहित्यप्रति मातृभूमी छोडेर क्यानाडा पुगेका नेपालीहरुमा रुचि जगाउन थालेको पाइन्छ । एन.ए.सी.बाट किरण ढु¨ानाले न्यूज लेटर का माध्यमबाट संस्थागत गतिविधिलाई सबैसामु पुर्याउन प्रकाशन आरम्भ गरेको पाइन्छ । एन.ए.सी.बाट प्रकाशित न्यूज लेटर को पहिलो अङ्कमा नै प्रा. कुमुद देवकोटाको नेपाली भाषामा लेखिएको लेख बाहिर बस्नेहरुलाई शंका छ क्यानाडामा प्रकाशित नेपाली भाषामा लेखिएको पहिलो रचना भएकोबाटै किरण ढु¨ानाको भाषा साहित्यप्रतिको लगाव र मोहबारे थाहा पाउन सकिन्छ । यसै अङ्कमा नेपाली चलचित्र चिनोको वीरताको चिनो बोलको गीतलाई स्थान दिएको थियो । यसैलाई क्यानाडामा नेपाली भाषामा लेखनको थालनी मानेमा अत्युक्ति नहोला । यो किरण ढु¨ानाले साहित्यप्रति रहेको आप्mनो तलतल मेटाउने प्रयासमात्र गरेको देखिन्छ । नेपालीपनमा आस्था राख्ने किरणले विस्तारै आप्mनो ईच्छानुसार विदेशी नाममा रहेको न्यूज लेटर लाई लाली गु“रास को नामबाट पूनः न्वरान गराएर प्रकाशित गराउन थाल्छन् । तर १९९३ बाट प्रकाशन शुरुभएको लाली गु“रास दुई अङ्कपछि नया“ कलवर लिएर दियालो बनेर भाषा साहित्यको उज्यालो जताततै बाड्न थाल्छ । नेपाल (काठमाण्डौं) पछि भारत (दार्जिलिङ्ग) हु“दै बटुवालाई बाटोमा उज्यालो छर्न प्रयोग गरिने दियालोले क्यानाडाको विशाल टोरोन्टोबाट त्यही नाममा यहा“का नेपालीहरुमा राष्ट्र, राष्ट्रियता, भाषा, साहित्य र संस्कृतिको उज्यालो छर्न प्रकाशन हुन थाल्छ । यही दियालो को प्रकाशनसंगै क्यानाडाका कविहरुका कविताले पनि प्रकाशनको उज्यालो देख्ने मौका पाउन थाल्छ । हुन त लाली गु“रास र दियालो दवैमा कविता विधाले स्थान नपाएका हैनन् । नेपालका कविका रचनाले यी पत्रिकामा निरन्तर कवितात्मक रचना पाएको देखिन्छ भने किरण ढुङ्गाना आफैले नेपाली रचनालाई संकलन गरी दियालोमा नेपाली भाषाका रचनालाई प्राथमिकता दिदै गएको पाइन्छ । तर क्यानाडाका पहिलो नेपाली कविले लेखेको कविता दियालोको दोस्रो अङ्कमा मात्र प्रकाशित हुने मौका पाउछ । यसै अवधिमा प्रकाशन संस्था पनि नेपाली एशोसिएसन इन क्यानाडा ( एन.ए.सी.) बाट नेपालिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एन.सी.एन.सी.) बन्न पुग्छ । यसरी दियालोको दोस्रो अङ्क (१ ः २ समर १९९४ (वि.सं. २०५१) ) नया“ संस्थाबाट नेपाली कविको परिचय गराउ“दै प्रकाशित हुन्छ । यसमा पहिलो पटक क्यानाडामा बस्ने क्यानाडियाली कविको कविताका प्रकाशित हुन्छ । क्युबेक प्रान्तको मोन्ट्रियलका उही शसुको “टुक्रहरु विवशताको” मा दुईवटा साना कविताहरु प्रकाशित हुन्छन् । दुवै कविताको विषयवस्तु प्रेम र सम्झना रहेको र भाषा र संरचनागत रुपमा परिपक्क रहेको कवितालाई शीर्षकबिना एक र दुई भनिएको छ । नेपालबाट नै छद्म नाम राखेर काव्ययात्रा थालेका कवि शसुको वास्तविक नाम शरद सुब्बा हो । उनी आप्mनो परिचय दिन भन्दा पनि सृजनाका माध्यमबाट आफुलाई परिचय गराउन रुचाउने व्यक्ति हुनुहुन्छ । लेख्ने रुचि राख्ने शरदले आ्फनो लेखाईलाई रुचिका रुपमा अहिलेसम्म निरन्तरता दिदै आउनु भएको छ । एनसिएनसि संस्थाका संस्थपक मध्येका एक शरद सुब्बाले दियालोको प्रकाशनताका साहित्यका विभिन्न विधाबाट लिएर आफु बसोबास गर्दै आउनुभएको मोन्ट्रियलको डायरी भनेर स्तम्भ समेत लेख्ने गर्नु हुन्थ्यो । सम्भवतः सम्पर्क र प्रकाशन माध्यमको कमीले गर्दा उनका रचनाहरु अहिलेका दिनहरुमा त्यति पढ्न पाइएका छैनन् ।

विशाल टोरोन्टोबाट प्रकाशित हुने दियालोको तेस्रो अङ्क (१ः३ फल १९९४ (विसं २०५१०) मा पनि मोन्ट्रियलकै अर्का कवि मनि गुरु¨ “म सम्झन्छु” कविताका माध्यमबाट देखापर्छन् । दियालोको प्रकाशनले निरन्तरता पाउ“दै गएपछि यहा“का लेखक कविहरुको फेहरिस्तमा नया“ नया“ नामहरु थपिदै जान थाल्छन् । प्रारम्भिक चरणमा दियालो पत्रिकामा कविता विधामा निरन्तर कलम चलाउनेहरुमा उही शसु (मोन्ट्रियल), मनि गुरु¨, (मोन्ट्रियल), शारदा ढु¨ाना, डा. अम्बिका अधिकारी, कुन्द शर्मा, ज्योत्सना राणा, राजेश सिंह (अटवा), जिमी घिमिरे, प्रकाश गौतम, युक्तराज खा“ड ठकुरी, रजनी पराजुली, कल्पना मरहठ्ठा, मणीराम पोखरेल, सुनीता गौतम, मधु कर्माचार्य (अटवा), राजकुमार सुनार (मोन्ट्रियल) आदिको नाम अग्रपंक्तिमा रहेको पाइन्छ । त्यस्तै कथा विधामा कल्पना मरहठ्ठा, बीना बर्मा, किरण ढुङ्गाना, शारदा ढुङ्गाना आदिले निरन्तर कलम चलाएको पाइन्छ भने लेख÷निबन्ध आदि गद्य विधाका माध्यमबाट दियालोमा रा“प थप्नेकाम गर्नेहरुमा किरण ढुङ्गाना, गोबिन्द घिमिरे, शारदा ढुङ्गाना, युवराज खा“ड, मैया उप्रेती, रजनी पराजुली, पारस पराजुली, डा. कुमुद शर्मा, शरद सुब्बा आदि देखापरेका छन् । त्यसपछिका अङ्कहरुमा नया“ नया“ लेखकहरु थपिदै गएको पाइन्छ । दियालो पत्रिकाबाट शुरु भएको क्यानाडाको काव्यात्मक इतिहासले विस्तारै गति पाउदै र लिदै जान थाल्छ । अनि विस्तारै समुदायको संख्यात्मक विकास हुन थालेपछि पत्रिका प्रकाशनले पनि गति लिदै नया“ कवि साहित्यकारहरु देखापर्दै जान्छन् ।

लेखकलाई भएको जानकारी अनुसार क्यानाडामा आएर प्रकाशित भएका कृतिहरुमा कवि मानकाजीका चीनको डुलाई क्यानाडाको बसाई यात्रा संस्मरण २०५९ सालमा (२००२) मा पहिलो संस्करण र २०६० मा दोस्रो संस्करण प्रकाशित भएको पाइन्छ । क्यानाडामा आएर कविता विधालाई निरन्तरता दिदै क्यानाडाबाट नेपाली कविता संग्रह प्रकाशित गर्ने पहिलो स्रष्टा बनेका छन् मानकाजी । आप्mनो पाताल प्रवासको पहिलो कृतिका रुपमा क्यानाडाबाट क्यानाडाका नेपाली लेखकको नेपाली भाषामा प्रकाशित भएको संभवतः यही नै पहिलो कृति भएको छ । यसमा भएका यात्रा विवरणहरुले लेखकको चीनको बसाई र डुलाईको अनुभव र अनुभुतिहरुको वयान गरेको छ । यो उनको गद्य कृति भए पनि उनको कविताको पूर्वाभ्यास यसै ग्रन्थबाट भएको पाइन्छ । उनले क्यानाडाको डुलाईका बारेमा वर्णन गर्दा गद्यमा पद्य शैलीलाई पनि प्राथमिकताका साथ प्रयँेग गरेका छन् । संभवतः यहीबाट उनको कविता लेखनको विजारोपण भएको अनुमान लगाउन सकिन्छ । त्यसपछि २०६१ साल (२००४) मा प्रकाशित भएको तेस्रो कृति मनको बह सबैलाई कह मा मानकाजीले एक दर्जन आप्mना काव्यात्मक अभिव्यक्तिलाई पनि ठा“उ दिएका छन् । यात्रा संस्मरण, हास्य व्य“ग्य र लेख÷रचना संग्रह भनी प्रकाशमा आएको उनको तेस्रो कृतिले कवि मानकाजी भित्र रहेको कवि व्यक्तित्वलाई चिन्हाएको छ । अनि त्यसैको प्रतिफल स्वरुप उनको चौंथो कृति काव्यात्मक भएर देखापर्छ । कवि मानकाजीको काव्यात्मक अभिव्यक्तिले छचल्किने वातावरण खोज्दै थियो । उनको ह्दयमा भएको काव्य गुणले बाणी खोजिरहेको थियो । यसको क्षणिक प्रयास चीनको डुलाई क्यानाडाको बसाई यात्रा संस्मरणका भएको थियो भने यसको थालनी मनको बह सबैलाई कहबाट भएको देखिन्छ र आप्mनो लेखनको उत्तरार्धमा आएपछि मानकाजी गद्य लेखनबाट कलमलाई ह्दयको मसीमा चोपलेर मनका अनुभूतिहरुलाई काव्यात्मक वाणी दिन थाल्छन् । अनि त्यसैको उपज स्वरुप मान्छे मान्छे नै बन्नुपर्छ कृति विशुद्ध काव्यकृति अर्थात कविता संग्रहका रुपमा २०६६ सालमा (२००९) प्रकाशित हुन्छ । मनोरञ्जनात्मक प्रसङ्गहरुसंगै जीवनका तीतामीठा अनुभूतिहरुलाई लेखकले ईमान्दारीकासाथ आप्mना कविता संग्रहमा वयान गरेका छन् ।

विशाल टोरोन्टोमा २००४ फरवरीमा वसन्त पञ्चमीका दिन साहित्यप्रति आस्था राख्ने केही लेखकहरुको प्रयासबाट साहित्यिक गतिविधिलाई निरन्तरता दिदैजान नेपाली साहित्य समाज, टोरोन्टोको विधिवत् स्थापना गरेको पाइन्छ । डा. तुलसी धरेल, नविन वैद्य (नवीन अन्योल), अमित शर्मा आदि संस्थापक र गोबिन्दसिंह रावतको संयोजकत्वमा स्थापित क्यानाडाको पहिलो साहित्यिक संस्थाका नेपाली साहित्य समाजले क्यानाडामा साहित्यिक गतिविधिलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाली साहित्य समाजले २००४ देखि निरन्तर साहित्यक गोष्ठीहरुको आयोजना र साहित्यकारहरुको सम्मान कार्यक्रमहरु गर्दै आएको छ । प्रारम्भमा पिएनसिसि र पछि एनआरएन–क्यानाडाको साहित्य तथा संस्कृति समितिसंग मिलेर कवि गोष्ठी गर्दै आएको नेपाली साहित्य समाजले आयोजना गर्दै आएको साहित्यिक गोष्ठीहरुमा डा. तुलसी धरेल, नविन वैद्य (नवीन अन्योल), अमित शर्मा, प्रदिप बासकोटा, लेखनाथ तिमिल्सिना, राजिव थापा, सुजन मास्के, भरत पौडेल, गोबिन्दसिंह रावत, डा. विनोद बराल, अनुप न्योपाने, राधिका खरेल, विश्व वर्मा, नवराज गुरुङ्गसंगै बाल कवि र कवियत्री स्वर्णीमा गुरुङ्ग, मेधावी गौतम, सम्पूर्ण गुरुङ्ग, प्रिया श्रेष्ठ, अनसशयाना गौतम, एनी भट्टराई, इशान प्रधान आदिको सहभागिता रह“दै आएको पाइन्छ । क्यानाडाका नेपालीहरुको एकमात्र साहित्यिक संस्था नेपाली साहित्य समाजको संगठनात्मक विकासनै यहा“को साहित्यिक गतिविधिको निरन्तरता हो भन्दा अत्युक्ति नहोला ।

साहित्यिक पत्रिकाको प्रकाशनको सन्दर्भमा कुरा गर्नु पर्दा टोरोन्टोबाट दियालोपछि गोबिन्दसिंह रावतको सम्पादनमा जनवरी २००५मा सौगात पत्रिका प्रकाशित भएको पाइन्छ । नेपाली क्यानेडियन कम्युनिटिज् सर्भिसेस् (एन.सि.सि.एस) बाट प्रकाशित सौगातका अहिलेसम्म तीन अङ्कहरु प्रकाशित भएका छन् । पहलो र तेस्रो अंक गोबिन्दसिंह रावतको सम्पादनमा प्रकाशित भएको थियो भने सौगातको दोस्रो अंकका सम्पादक थिए डा. दिपकराज ओझा । सौगातमा प्रकाशित रचनाहरुका आधारमा क्यानाडाका लेखकहरुमा विधागत रुपमा वहा“हरुको नाम आउने गर्दछ । सौगातमा प्रकाशित रचनाहरुमा कविता विधामा डा. तुलसी धरेल, नवीन अन्यौल, विष्णु उपाध्याय, गोबिन्दसिंह रावत, अनुजा शिवाकोटी, शिलु घिमिरे, राजेन्दै प्रसाई, शब्द पौड्याल, मुक्ती गौतम, अनुप प्रधानाङ्ग आदिका कवितात्मक अभिव्यक्तिहरु प्रकाशित भएको पाइन्छ भने गद्य विधामा (कथा, निबन्ध, लेख आदि) बिना बर्मा, कुसुम रावत, शमा उपाध्याय, डा.दिपकराज ओझा, डा. विनोद वराल,सुसन मास्के, केदार बस्नेत, माण्डवी ओझा, गोपीकृष्ण काÏले, ज्योति वैद्य, गोबिन्दसिंह रावत र प्रदिप बास्कोटा आदिका रचनाहरु रहेको पाइन्छ ।

सौगातपछि क्यानाडाको राजधानी रहेको शहर अटवाबाट पनि अटवा चौतारी को नामबाट नेपाली भाषाको पत्रिका संस्थागत प्रकाशनका रुपमा नियमित प्रकाशित हु“दै आएको छ । नेपालिज क्यानेडियन एशोसिएसन अफ क्यानाडा नामक संस्थाकै सांस्कृतिक क्रियाकलाप हेर्ने सदस्यको मातहतमा प्रकाशित हुदैआएको अटवा चौतारी मा सम्पादकको नाम राखिएको पाइदैन । यसलाई संस्थाका सबै सदस्यहरुको प्रयासबाट प्रकाशित गरिने पत्रिकाका रुपमा लिईने गरिएको छ । अटवा चौतारीमा कलम चलाउने पद्य लेखकहरुमा शितलहरी गौतम, राजेश कार्की, डा. विष्णु कुमार धिताल, सीता अधिकारी, लीला शर्मा, सीता ढकाल उप्रेती, रचना शेरचन, राजेन्द्र सुवेदी, अनिल पौड्याल, अनुज प्रधानाङ्ग, रबिन सुब्बा, भूवानी पाण्डे, गोबिन्द दाहाल, ठाकुर प्रसाद छांगा र बाल कवि कैलास सुवेदीको नाम रहेको छ । त्यस्तै अटवा चौतारी मा गद्य विधामा कलम चलाउनेहरुमा सुरेन उप्रेती, प्रा. ज्ञानप्रसाद क्षेत्री, शालीग्राम अर्याल आदिको नाम रहेका छ ।

साहित्यिक पत्रकारितालाई व्यवस्थितरुपमा प्रकाशन आरम्भ गरेर व्यवसायिक रुपबाट नियमित प्रकाशन गर्दैजाने उदृेश्य लिएर अक्टुबर २००८ मा विशाल टोरोन्टोमा चौतारी मिडिया एण्ड कम्युनिकेशनको नामबाट संस्था दर्ता भएर यसको पहिलो प्रकाशनका रुपमा चौतारी साहित्यिक पत्रिका गोपीकृष्ण काÏलेको सम्पादनमा प्रकाशित हुन थालेको पाइन्छ । तर चौतारी पत्रिकाले पनि निरन्तरता पाउन सकेन । जम्मा चार अंक नियमित प्रकाशित भएर यसको प्रकाशन पनि बन्द भएको छ । चौतारी मा आप्mनो साहित्यिक रचना प्रकाशित गराउने क्यानेडियाली नेपाली साहित्यकारहरुमा गद्य विधामा डा. द्रोण रसाली, सुरेन उप्रेती, डा. विनोदमणी वराल, गोबिन्दसिंह रावत, परशु तामङ्ग आदि रहेको छन् भने पद्य विधामा डा. तुलसी धरेल, मोहन अर्याल, गोपीकृष्ण काÏले, भरत पौड्याल, मुक्ती गौतम, अनिल पौडेल, विश्व बर्मा, गोबिन्दसिंह रावत, नवीन अन्योल, पशुपति पोखरेल, राधीका खरेल, भनुप न्योपाने, प्रतीभा गुरुङ्ग र बाल प्रतीभा प्रिया श्रेष्ठ आलि रहेका छन् ।

क्यानाडाबाट प्रकाशनमा आएका यी नेपाली पत्रिकाहरुमा अंग्रेजी भाषाका कविता, कथा र लेखहरुले पनि स्थान पाउ“दै आएको छ । नेपालबाहिरबाट प्रकाशित हुने भएकोले अंग्रेजी भाषाले पनि यी पत्रिकाहरुमा स्थान पाउदै आएको छ र विशेष गरेर बाल प्रतीभाहरुले आप्mनो अनुभूतीहरुलाई अंग्रेजी भाषमा नै अभिव्यक्त गरेका छन् । यसै परिपेक्ष्यमा विशाल टोरोन्टोका युवाहरुको प्रयासबाट शब्द पत्रिका पनि प्रकाशित भएको छ । २००६ मा जम्मा एक अंक प्रकाशित शब्द मा नेपाली युवाहरुका अंग्रेजी भाषाका रचनाहरु संग्रहित छन् । नेपाली भाषाको शब्दबाट पत्रिकाको नाम राखिएकोले होला यसमा डा.दिपकराज ओझाको एउटा कविता समावेश गरिएको छ ।

त्यस्तै भ्यानकुभरमा भएको कवि गोष्ठीको समाचारका आधारमा त्यहा“का साहित्य सेवीहरुमा रिषी वस्ताकोटी, सवीता श्रेष्ठ, कविता श्रेष्ठ, डा. ईन्द्र कायस्थ, दिपक ढकाल, उज्वल गौतम, युवराज प्रधान, श्याम पौड्याल, पुष्कर थापा, नवराज कोईराला, उमाकान्त सुवेदी, पुष्प लाल, मीना, देव अधिकारी, मानकाजी र वीना श्रेष्ठ आदि देखा परेका छन् ।

यसरी क्यानाडाका विभिन्न प्रान्त र शहरमा अवस्थित नेपाली संस्थाहरुले आप्mनो संस्थाको मुखपत्रका रुपमा बुलेटिन प्रकाशन गरेर साहित्यिक रचनालाई पनि प्राथमिकताका साथ राख्दै आएका छन् । तर यि संस्थागत गतिविधि भएका बुलेटिनहरुले पनि निरन्तरता पाएको देखिदैन । यसरी विभिन्न समय र चरणमा क्यानाडाबाट नेपाली पत्रिकाले भव्यताका साथ प्रकाशन हुने अवसर त पाउछ तर ती मध्ये कुनैले पनि निरन्तरता पाएको देखिदैन । यो विसंगति क्यानाडामा मात्र नरहेका अमेरिकामा पनि अवसरका आधारमा मात्र नेपाली पत्रिकाले प्रकाशनको बिहानी हेर्न पाउने गरेको छ ।

आजको मितिमा हेर्ने हो भने विभिन्न अवसरका यहा“ आयोजित कविता र साहित्यिक गोष्ठीहरुमा उपस्थिति दिएर कविता वाचन गर्दै आएका र विभिन्न प्रकाशन माध्यमहरुमा आÏना रचना प्रकाशित गर्दै साहित्य सेवा गर्दै आएका रचनाकारहरुमा किरण पन्त, राधिका खरेल, मुक्ती गौतम, डा. तुलसी धरेल, गोपीकृष्ण काप्mले, मोहन अर्याल, अनु, पशुपति पोखरेल,

अशोक खड्का, गोबिन्दसिंह रावत, लेखनाथ तिमिलसिना, नवीन वैध, मानकाजी, ऋषी वस्ताकोटी, शिषिर भुषल, राजकुमार राई, बिनु काप्mले, सुभाष सत्याल, चेतनाथ रिमाल, प्रिया श्रेष्ठ, विस्मिता पराजुली,कष्णहरी गौतम, सुमन घिमिरे, अनुल प्रकाश, हरी मानन्धर, कुशुम ज्ञवाली आदि नामहरु अग्र पंक्तिमा आउने गर्छ ।

टोरोन्टो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।