18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल विश्वप्रकाश भुसाल February 3, 2011, 10:00 pm

तिमीलाई भुल्न सक्दैन ऊ

सबैसंग खुल्न सक्दैन ऊ

निर्मोहीको बन्दी भएदेख

कतै पनि डुल्न सक्दैन ऊ

नछोएरै गई बसन्तीले

चाहेजस्तै फुल्न सक्दैन ऊ

दुश्मनी रैछ नियतीसंग

ती खुसी असुल्न सक्दैन ऊ

भन्छ पथ्थर भई बाँच्दैछु

आँशुसंग घुल्न सक्दैन ऊ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।