था'छ मलाई पाएसम्म थुनी घरमै राख्छौ
अर्को कुरा गरे मलाई कारागारमै राख्छौ ।
यति माया गर्छ्यौ मलाई म त के भनुँ खै
यस्तो भान हुन्छ सुन्दा दरबारमै राख्छौ ।
के हिसाबले बुझ्छन अरु उनको आफ्नै कुरा
मलाई त यस्तो लाग्छ तरबारमै राख्छौ ।
मायाजालले ढाकिछोपी मलाई अन्धो बनाई
एक थुंगा गुलाफ चढाई काँडेबारमै राख्छौ ।
लण्डन