न साथी रह्यो न माया
न पिरतीका कुरा
कति गाढा मायाको
रङ्ग चढेको थियो ।
अब त फिक्का हुँदै
मुर्झाउँदै गयो
अविष्मरणीय छापहरु
बिर्सीन बाध्य भयो ।
कस्लाई सुनाउँ कथा
कस्लाई देखाउँ ब्यथा
आफ्नै पोल्टाको खाजापनि
अरुको भइदियो ।
कति सहुँ पिडा
कसैले नदेख्ने भयो
कोरिएका पत्रहरु पनि
जली खरानी भयो ।
माया धेरै भए पछि
पोखिने रहेछ की
बलि दिन पर्सिएको बोका
जस्तै तर्सियोकी की ।
चोखो मायामा पनि
शंकाको बीउ रोपियो
अमर अजर त के हुन्छ र
विश्वासलाई पनि मारियो ।
न्युयोर्क