19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ब्वाँसाहरु

कविता उत्सव नेपाल February 8, 2011, 12:59 pm

दिन दहाडै

जस्केलोबाट

एक हुल ब्वांसाहरु

मान्छेको भेषमा

शहर पस्छन्

तर्साउछन वस्तीहरु

आतंकित बनाउछन्

स्वभावैले सर्वत्र

विध्वंस बरबादी

खेल छ, रझाई छ

चोक चोक र गल्लीहरुमा

निरन्तर रमीता छ पाशविक

यतिखेर घायल वस्ती

सुन्दर सपना थातेर

अनर्थक खेल्दै

सप्नील तरंग

तीतो यथार्त बीच

पौडिरहेछ

शुन्य सम्मोह

ब्वाँसाको ताण्डवमा

अबोध तिमी

कुंठित, निष्फल हुदै

मौनता साधेर

बर्खे पानीले चुटिएको

बिरालो जस्तो किनारा लाग्छौ

अध्यारो कोठा तर्फ

पुनश्चः

दबाउदै आवेगहरु

सुस्ताउदै सुस्केरा

तिमी थकित लम्पसार

निदाउँछौ आगो पिएर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।