19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अशुभ हुन्छ भन्छन

कविता प्रकाश नेपाल February 8, 2011, 1:06 pm

अशुभ हुन्छ भन्छन 

आकाशमा तारा खसे पछि 

गौथली बसाई सरे पछि 

अशुभ हुन्छ भन्छन 

घरमा आगो सल्के पछि 

छिमेकी चोर्न पल्के पछि 

अशुभ हुन्छ भन्छन 

मनमा पाप पसे पछि 

विश्वासमा सबै फसे पछि 

अशुभ हुन्छ भन्छन 

मान्छेमा लोभ पसे पछि 

स्वार्थमा त्याग फसे पछि 

अशुभ हुन्छ भन्छन

अध्यारो दिनमै छाए पछि 

रैतीले दुक्ख  पाए पछि

अशुभ हुन्छ भन्छन

आमाको शिर ढले पछि 

खाडीमा चेली चले पछि 

अशुभ हुन्छ भन्छन

अनिष्ट घरमा लागे पछि 

बिदेशमा युवा भागे पछि 

अशुभ हुन्छ भन्छन

नेताको वचन गिरे पछि 

डाकाको दिन फिरे पछि

 

भर्जिनिया, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।