17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विद्याप्रसाद घिमिरे February 9, 2011, 7:47 pm

मनका पीडा पगालेर आँखाबाट झारेको छु

मभित्रका अभिलाषा भ्रूण छँदै मारेको छु ।

अर्थ खोज्छ जिन्दगीले कैले खोज्छ परिभाषा

नफूल्दैमा वैलाउनेको हुन्न रै’छ कुनै आशा

जिन्दगीको लडाइँमा पाइलैपिच्छे हारेको छु

मभित्रका अभिलाषा भ्रूण छँदै मारेको छु ।

परेलीका दोछायामा हेर्न खोजेँ आफ्नै बिम्ब

हराएका कथा व्यथा साट्न खोजेँ आफैसँग

स्वप्ना देख्ने सपनालाई वहानामै टारेको छु

मभित्रका अभिलाषा भ्रूण छँदै मारेको छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।