14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल भुपेन्द्र महत February 12, 2011, 6:29 am

भाग्यलाई दोष देको छु भैगो साथ हुनु पर्दैन तिमीले

फुट्नेको नै दुख्छ मुटु साखिली भै रुनु पर्दैन तिमीले

दु:खाईमा हांस्न समयले सिकाको छ अचेल मलाई

चराए नि चराउन यि घाऊहरु छुनु पर्दैन तिमीले

म हुनु र नहुनुमा के फरक पर्छ र अब तिमीलाई

जति लागे कलंकका ति दागहरु धुनु पर्दैन तिमीले

आँखामा बगी रहेछन थोपा थोपा भै पुराना पलहरु

नयाँ घाम बोकी मेरा आसु सुकाउनु पर्दैन तिमीले

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।