19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रेमको अनुरोध

कविता मिरा प्रसाई February 12, 2011, 12:41 pm

मलाई मन छ

म मरेको थाहा नहोस् मेरो पतिलाई

म जलेको पनि थाहै नहोस् मेरो उनीलाई

औधी माया गर्छन् उनी मलाई |

मलाई थाहा छ

भक्कानिने छन मेरो बिछोडमा उनी

पिताम्बर बिच मेरो चिता जल्दा सँग सगै जल्ने छन

आहतमा पल पल दुख्ने छन |

देख्दै छु म कल्पनामा आजै

मेरो अबसान पछिको सन्नाटा

मृत्‍यु सैय्यामा छटपटाउने छन उनी पूर्वभास भो मलाई

उन्को धुक्धुकी मामा थियो अनी |

सम्झन्छु म अहिले

मेरो मृत्‍यु सपना के देख्दा

भारी बिमारले थिचिएथे उनी

साच्चै मृत्‍युको आभासले के होला उनीलाई |

हो पहाडले थिचनेछ उनीलाई

ज्वलामुखी बिस्पोट हुनेछ छातिमा

पल पल जल्ने छन उनी

पलासको फूल झै बन्ने छन उनी |

मलाई थाहा छ

औशिको अध्यारो सन्नाटाले छोप्ने छ उनीलाई

काँच झै टुट्ने छन

आँसुको रह रह भित्र डुब्ने छन उनी |

उनको प्रेमिल भावनामा हराएकी छु कयौ पटक

मुटु भित्र धिरोदत्त लुकाएका छन मलाई

प्राणलाई भन्दा अधिक मोहको डोरिले बाधेर

प्रेमको सुत्रले अङगालोमा गुणा गरेर |

भन्दिन म अमर रहु , गर्दिन सन्देह

सास्वत प्रकृतिको अगाडि

बिन्ती पत्र चढाउछु बरु ईश्वरसँग

अदम्य उनको शाहसका लागि |

त्यसैले भन्छु म

म मरेको थाहा नहोस् मेरो पतिलाई

म जलेको पनि थाहै नहोस् मेरो उनीलाई

थाहै नहोस् उनीलाई !

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।