18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मौन धारण

कविता छविरमण सिलवाल February 14, 2011, 9:21 pm
छविरमण सिलवाल
छविरमण सिलवाल

उदाउँनु अस्ताउँनु

प्रकृतिको नियम नै हो

एउटा उदाउँछ

एउटा अस्ताउँछ

युगौँ युग देखि

चलेको

प्रकृतिको नियम

कसले बिगार्न सक्छ ?

त्यसैले केहि समय मौन धारण गरौँ

वितेका ति युगहरु प्रति,

वितेका ति विर यौद्धाहरु प्रति

अनि स्वागत गरौं नयाँ युगलाई

वित्ने जो विति गयो

सम्झनाका दियोहरु वालौँ हृदयमा

र, टालौँ समयका

वाछिटाहरुले खाएका भित्ताहरु

र, मौन धारण गरौं

वितेको समयलाई

अनि,

स्वागत गरौं नयाँ बिहानीलाई

नयाँ समयलाई

मान्छेकोे स्वभाव नै हो

बलेको आगो ताप्ने,

निभेको आगोको के काम

न राप दिन्छ,

न ताप ,

तर, समयसंगै उभिएका

योद्धाहरुको पौरखलाई

नभूलौं, उनीहरुको

योगदानलाई सलाम गरौं

तिनै वितेको युगलाई सम्मान गरौं

त्यहि वितेको समयको

सम्मानमा केहि समय मौन धारण गर्दै

नयाँ युगलाई स्वागत गरौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।