समयले मागेको परिवर्तन
आज, खुल्ला पुस्तक बनेको छ ।
मेरो बुझाई,
एउटा सानो कालखण्डहरभित्र
समय नसुहाँउदा योद्घाहरु
एक्लै छिरेका छन् ।
अर्कोशब्दमा,
रक्त रन्जित मैदानमा
औकातहिन खेलाडीहरु
इतिहासमा
कृतिमानी उपलब्धी लेख्न
एक्लै छिरेका छन ।
हो, विरासत उसले पाएको भए
यर्हाँ मपाईँ’ को दौडमा
कसैलार्ई तँपाईँ’ भनेर
झुक्नु पर्ने थिएन् ।
वास्तविकता के हो त?
यात्री हो
यात्रा गर्न खोज्नु एउटा कुरा हो ।
अन्यौल कालखण्डहर
इतिहासमा बदल्नु
कृर्तिमानी उपलब्धी लेख्दै जानु
अर्को कुरा हो ।