थुप्रै सपनाहरु साँचेर
यतिखेर म
शहरबाट लखेटीएकी छु
टाडीएकी छु
मेरो रंग,अंतरंगबाट
मान्छे हुनुको
मूलभूत न्यायबाट
बिमुख मेरो रंगमंच
हत्या कलह विप्लवबाट ग्रसित छ
दृश्यहरु द्धेषपूर्ण
तरस युक्त छन
संभाषण आलाप
विवादी छन
मेरो आस्था
विना मंजिल
बेइरादा, बेसुरमा बहकिएको छ
छरिएको छ छरपस्ट
सीमै सीमाले गुत्थी छ
सायदै,
म उम्रीएको माटोमा
विधीको शासन भैदिएको भए
सुन्ने कान र न्यायको रंग भैदिएको भए
यसरी
भारी मन बोकेर
एक त्यान्द्रो खुसीको लागि
आत्मीयताको अर्थ खोज्दै
विदेशीनुको प्रयोजन हुने थिएन
शहर त्याग्नु बाध्यता हुने थिएन
इजराइल