19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विनोद रोका February 21, 2011, 8:03 pm

सँगै हुँदा लाग्यो तिमी नभएनि बाँच्छु ।

एक्लै हुँदा पनि सधै खुशीसाथ हाँस्छु ।।

तिमी गए देखि नै छटपटीन लागे ।

सम्झीएर तिमीलाई नै सारा रात जागँे ।।

उराठ लाग्दा भए दिन विरक्तीका रात ।

छटपटीदै छु एक्लै म, तिमी छैनौ साथ ।।

बितेका ती कुरा झिकी नबल्झाउन घाउ ।

माफी माग्छु प्रिया तिमी चाँडै फर्कि आऊ ।।

राखेको छु न्यानो माया तिम्रै लागि साँची ।

पर्खेको छु तिमी आउने दिन औलाहरु भाँची ।।

न्यूर्योक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।