बिचरीको सिन्दुरले जात फेरी दियो
राता चुरा सजिएर हात फेरी दियो
बिधिको बिधान होकी सृष्टि यस्तै रच्यो
आमाको काख छुटाई साथ फेरी दियो
भविष्यको कल्पनामा रम्न थाल्दा आशा
सुख शान्ति सपनाका खात फेरी दियो
ओठमा मुस्कान अलि अलि रहर धेरै
आनन्दको निदरीमा रात फेरी दियो