बिर्सि सक्यो मेरो सहरले
सूर्य कताबाट अस्ताउँछ
अनि
कता गएर बिसाउँछ
कुन्नी कस्तो हुन्छ इन्द्र धनुश
चाँदको आकार
किन बदलिरहन्छ
चरा चुरुङीहरु देखिदैनन
जनावरहरु जङगलमा हैन
बस्दछन् चिडियाखाना
खुस्स
मुसारेर हिड्ने शितलो बतास
कुन्नी कता छ कता
मेरो सहर
हिजाज
कार्वनडाइअक्साइड छाद्दै
कुनै बिरामी कुकुर झै
हल्लै हल्लाको गल्लीहरुमा डुल्छ
कुइँ कुइँ अलाप्दै
आवारा ...... लावारिस......!!!