19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सागरबहादुर साउँद March 6, 2011, 8:43 am

धोई कैले नमेटिने यो मनमा दाग लाग्यो

सधैंभरि जलिरहने यो मनमा आग लाग्यो ।।

फुल फूली झरिजाने बगैचाको चाल भयो

सधैं आँशु झरिरहने जिन्दगीको ताल भयो

हरपल डसि रहने यो मनमा नाग लाग्यो

सधैंभरि जलिरहने यो मनमा आग लाग्यो ।।

कैले पनि नपुछिने यो मनमा जाल लाग्यो

गंगाजलले धोए पनि नचोखिने गाल लाग्यो

जिन्दगीको जंगलरुपी यो मनमा बाग लाग्यो

सधैंभरि जलिरहने यो मनमा आग लाग्यो ।।

जोगबुडा, डडेल्धुरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।