मनमन्दिरमा तिमी बस्यौ, अधरमा तिमी
तिमीसँगै जिन्दगी यो, पाउँछु रिमी–झिमी ।
तिमीलाई पाउँ भनी, मनमा दियो बालें
साँझ विहान देवी–देउता, भाकी धूप हालें
मेरो साथ मेरो हात यो जुनीमा तिमी
तिमीसँगै जिन्दगी यो पाउँछु रिमी–झिमी ।
अजम्बरी माया संझी, रोपें एउटा पृ्mल
कैले पनि नसुकोस् है, पिरतीको मूल
मैले गाउने मीठो गीत, सधै बन तिमी
तिमीसँगै जिन्दगी यो पाउँछु रिमी–झिमी ।