17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भूइचालो

लघुकथा कमल खतिवडा March 13, 2011, 7:17 pm

“भुइचालो आयो है” भन्दै जोरसँग एउटा फटाहाले मध्यरातमा हल्ला मच्चायो । जापानमा भर्खर घटेको घट्नाबाट सवै त्रसित थिए । न कसैले अनुभव गर्ने मौका पाए न अनुमान नै । हो न हो टोलमा हल्लिखल्ली मच्चियो । ठूल्ठूला घरले थिचेर मरिएला भनेर कोही खालि ठाउँ खोज्दै दौडन थाले त कोही टेबुल मुनि पस्न थाले । केही नभएको थाहा भएपछि एकाएक हल्ला साम्य भयो । “ अव भूकम्प छैन नआत्तिनुस है ।” भन्दै त्यहि आवाज कतैवाट आयो । भोली पल्ट सवैलाई थाहा भयो २ वटा घरबाट ६ लाख मुल्य वरावरको गरगहना चोरि भएछ ।

झापा, बुधवारे; हाल: सानेपा, ललितपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।