17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रामकुमार पण्डित क्षेत्री March 13, 2011, 7:18 pm

झ्याम्म लोला नहान् कान्छा झ्याम्म लोला नहान्

च्याप्प चोला नतान् कान्छा च्याप्प चोला नतान् । १ ।

सातै रङ्गी रङ्गहरु प्यारो लाग्या बेला

ल्याप्प कालो नछान् कान्छा ल्याप्प कालो नछान् । २ ।

छि: छि: गनाउने नालीको त्यो कालो पानी

दालै सम्झी नझान् कान्छा दालै सम्झी नझान् । ३ ।

भाईचारा, प्रेम, स्नेह बढ्ने पर्बलाई

स्वार्थ लुट्ने नजान् कान्छा स्वार्थ लुट्ने नजान् । ४ ।

भैगो माफी दिएँ एकचोटीलाई मैले

कमजोरी नठान् कान्छा कमजोरी नठान् । ५ ।

उदण्ड साथीका कुरा मान्दा के होला त?

तल गिर्छ नमान् कान्छा तल गिर्छ नमान् । ६ ।

धोका दिने भष्म हुन्छन् सन्देश होलीको

कच्चा धर्म नबान् कान्छा कच्चा धर्म नबान् । ७ ।

सिमलटार, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।