यत्ति पोल्यो छाती भनि कै’ले मुख खोलेको छ
थुक चाहे पुज शालीक कहिले बोलेको छ
आदर्शका पैतालाले प्राण पनि कुल्चि गए
आदर्शका अंश कस्ले बिचारमा घोलेको छ
रगतले लिपि गए बनाएर रातो भूमी
त्यो भूमिमा टेक्दा यहाँ कस्को मन पोलेको छ
काया हैन आत्मै देखि मरिसक्यो जीव आज
सुन राखि तराजुमा इशलाई मोलेको छ
चारै तिर पाप आज भूमि भन्दा भारी भयो
पृथ्वीका हरेक टुक्रा पाउ मुनि डोलेको छ
ललितपुर