19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजेन्द्र मल्ल March 15, 2011, 1:58 pm

संगै चढौं उकाली अलि माथि मेरो गाम छ

सानो छँदा गोठालो गा'को थुप्रै राम्रो ठाम छ

चैते हुरी सर्रर सम्हाल तिम्रो पछ्यौरी

सुस्त सुस्त पाईला चाल चर्को पोल्ने घाम छ

तिम्ले छोडि गएसी नसोध यो मन कस्तो’भो

देउरालीलाई सोध न त्याहाँ तिम्रो नाम छ

भुल्दै थिएँ तिमीलाई यो मन उजाडै थ्यो

आयौ विपनीमा सपना होकि भन्ने भान छ

यात्रा लामो जिन्दगीको म कहाँ कहाँ जाऊँ

खोजिन कतै अरुलाई तिमी मै मेरो धाम छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।