19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुदिना कुईंकेल March 17, 2011, 8:52 pm

तिमीसँगै जीन्दगी यो बिताउकी लाग्छ अचेल

तिम्रै मात्रै खुशी भलो चिताउकी लाग्छ अचेल!!

यस्तो पनि हुने रहेछ जीन्दगीको मोड कहिले

आफू हारेर तिमीलाई जिताउकी लाग्छ अचेल!!

हाँसीहाँसी तिमीले मलाई फकाएको सम्झिएर

बिना कारण यसो कहिले रिसाउकी लाग्छ अचेल!!

मेरा हरचिजबिज तिम्रै लागि जस्तो लाग्छन

समर्पित भएर आफूलाई रित्ताउकी लाग्छ अचेल!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।