18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा.रुपक श्रेष्ठ March 18, 2011, 5:08 am

खान पाईयोस्, दबाई पर्दा, अरु के को चिन्ता?

लान सक्ने होइन मर्दा, अरु के को चिन्ता?

अजम्बरी छैन कोहि महलैमा पनि

मन नभिजोस् डेरा सर्दा, अरु के को चिन्ता?

मझेरीमा माया फुल्दा फाँटमा मङ्सिर झुल्दा

बात नलागोस् बेसी झर्दा, अरु के को चिन्ता?

जिन्दगी हो बग्दै जाँदा जहाँ त पुगिएला

भेट होओस् खोली तर्दा, अरु के को चिन्ता?

ईश्वर हो रे माया भन्या यहि सत्य भए

पाप नलागोस् माया गर्दा, अरु के को चिन्ता?

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।