14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

देवकोटाका नारीप्रतिको दृष्टिकोण

व्यक्तित्व / कृतित्व लीला लुइटेल March 18, 2011, 11:30 am
लीला लुइटेल
लीला लुइटेल

१. पृष्ठभूमि

नेपालीका सुप्रसिद्ध साहित्यकार लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यका कविता, कथा, उपन्यास, निबन्ध आदि प्रायः सबै विधामा कलम चलाएका छन् । उनी नेपालीका महाकविका र सर्बाेत्कृष्ट निबन्धकारका रूपमा सुपरिचित छन् । फुटकर कविता, गीत, खण्डकाव्य, कोषकाव्य तथा महाकाव्य भनिने प्रगीतात्मक, आख्यानात्मक तथा नाटकीय सबै प्रकारका कविताको रचना गरेका देवकोटाले नेपालीमा मुनामदनजस्तो लोकप्रिय तथा कालजयी कृतिका अतिरिक्त थुप्रै काव्यवृmतिको सिर्जना गरी आधुनिक नेपाली कविताको विकासमा विशिष्ट योगदान पु¥याएका छन् । देवकोटाले नेपाली कविताको स्वच्छन्दतावादी धाराको संस्थापन र विकास गरी त्यसलाई उत्कर्षमा पु¥याएका छन् । यिनका शावmुन्तल, सुलोचना, महाराणा प्रताप, वनवmुसुम, पृथ्वीराज चौहान आदि महाकाव्य पनि प्रकाशित छन् । यसबाहेक यिनका थुप्रै खण्डकाव्यात्मक कृतिहरू पनि प्रकाशित छन् तर उनले रचना गरेका खण्डकाव्य भनिने सबै काव्यकृतिहरू शास्त्रीय दृष्टिले खण्डकाव्यका कोटिभित्र पर्दैनन् । महाकाव्यबाहेक आख्यानात्मक संरचना भएका यिनका काव्यकृतिहरूमा प्रयुक्त नारीप्रतिको दृष्टिकोणलाई केलाउनु यस लेखको उद्देश्य रहेको छ ।

२. विषयप्रवेश

लक्ष्मीप्रसाद देवकोटाका महाकाव्यबाहेक हालसम्म प्रकाशित आख्यानात्मक काव्यकृति र तिनमा उपस्थित नारी सहभागीहरू यसप्रकार छन् :

काव्य-----------प्रमुख----नारी सहभागी----अन्य नारी सहभागी

मुनामदन (१९९२) मुना-- आमा, दिदी, नैनी

राजवmुमार प्रभाकर (१९९७)--राजकुमारी/नृपकुमारी--रानीहरू, युवतीहरू

वmुञ्जिनी (२००२)-कुञ्जिनी-------सिन्धु

वसन्ती (२००९)-वसन्ती---मालती, कुुसुम

वसन्ती (२००९)--वसन्ती--जुई, कुसुम, बर्मिनी

रावण जटायु युद्ध (२०१५) — सीता

म्हेन्दु (२०१५)----म्हेन्दु---मिन्दी

मायाविनी सर्सी (२०२४) — सर्सी

सीताहरण (२०२४)--सीता

नासमझको गा“ठो (२०२४)--कप्तान्नी---बुढी, मैया

दुश्यन्त शवmुन्तला भेट (२०२५) शकुन्तला--प्रियंवदा, चारु

लूनी (२०२५) लूनी--हेलम्बा, जिन्जी, आन्जा

मैना (२०३९) मैना--बोक्सी बुढी, कदम, मिनी

सृजामाता (२०३९)--प्रोजर्पिना--हेकेटी, रानी

तिप्लिङ्गी (२०५८)--तिप्लिङ्गी---हेन्जेलिङ

माथि उल्लेखित आख्यानात्मक काव्यकृतिबाहेक देवकोटाका थुप्रै काव्यकृतिहरू आख्यान निरपेक्ष लामा कविताका रूपमा रहेका छन् । आख्यान नभएकाले तिनमा कुनै पनि सहभागीको प्रयोग नहुनु स्वाभाविकै हो हो । देवकोटाद्वारा लिखित आख्यानयुक्त काव्यकृतिमा नासमझको गा“ठोबाहेक अन्य काव्यहरूको शीर्षक प्रमुख सहभागीका नामका आधारमा चयन गरिएको छ । तीमध्ये पनि राजकुमार प्रभाकरबाहेक अधिकांश काव्यहरू पूर्ण रूपले नारी सहभागीको नामलाई आधार बनाएर गरिएको छ भने मुनामदन र दुश्यन्त शवmुन्तला भेटमा चाहि“ प्रमुख नारी सहभागीका अतिरिक्त प्रमुख पुरुष सहभागीको नाम पनि गा“सिएको छ । यसरी शीर्षकका आधारमा हेर्दा काव्यकार देवकोटाका अधिकांश काव्यकृतिहरू नारीप्रधान रहेका देखिन्छन् । माथि उल्लेख गरिएका यिनका काव्यमा प्रयुक्त नारी सहभागीका चारित्रिक अभिलक्षण तल क्रमशः प्रस्तुत गरिन्छ ः

मुनामदन

मुनामदन खण्डकाव्यकी प्रमुख नारी सहभागी मुना हो । यस काव्यमा उसलाई अत्यन्तै सुन्दर र युवतीका रूपमा चित्रण गरिएको छ । ऊ जूनमा फुलेकी, पूmलको थु“गाझै“ पाउ भएकी, नागकन्याजस्ती, चन्द्रमाजस्तो मुहार भएकी, कमलझै“ फुलेकी, कलिला ओठ भएकी, ओठ खोलेर हा“स्दा मोती बर्सने, लाम्चिला आ“खा भएकी, अप्सराजस्ती, कपाल घुमे्रकी, सहरभित्र फुलेको पूmलजस्ती, हा“सको फुलजस्ता वmुर्वुmच्चा, चिनिया“का जस्ता कलिला पाउ भएकी, कमलमा खुलेकी लक्ष्मीजस्ती, हीरामोतीजस्ता दा“त र मोहनी लाउने हा“सो भएकी, एकै नजरमा हजारौंलाई मोहित पार्ने चन्द्रमाजस्ती सुन्दरी आदि अभिलक्षण भएकी नारीका रूपमा चित्रित छ । यसमा उसका रूपसौन्दर्यको वर्णन मदन, कवि, नैनी आदिका माध्यमबाट गरिएको छ ।

ऊ सम्पन्नतालाई भन्दा लोग्नेलाई विशेष महत्व दिने र आनन्दपूर्वक परिवारमा रहेर साग र सिस्नु खाएको बेस भन्ने धारणा राख्ने युवती हो ।

धार्मिक, आदर्शवादी दृढ, भावुक, सहिष्णु एवं मुना रूढिवादी पनि छ । भै“सीले लघारेको सपना देख्नु, दाहिने आँखा ˚र्पmराउनुजस्ता वmुुरालाई ऊ अपशवmुन ठान्छे । उसलाई यस काव्यमा प्रेरणादायी चरित्रका रूपमा चित्रण गरिएको छ । गुन्डाका तँबाट ˚काउन आउने र वmुमार्गमा लाग्ने नैनीजस्ता असत् चरित्रलाई सम्झाइबुझाई पश्चात्तापबोध गराएर सत्मार्गतर्पm उन्मुख गराउने मुनामा सुत्नेलाई जगाउने शक्ति रहेको देखिन्छ । पति वियोगमा आ“सुमै डुबेर जीवन बिताउन परे पनि वृद्ध सासूको हेरचाह र स्याहारसुसारमा उसले कुनै कमी गरेकी छैन । बाबुआमा नभएकी टुहुरी मुना सासूलाई नै आमातुल्य ठान्छे र सासूलाई छोराको अभाव महसुस हुन नदिई उसले हरतरहले आश्वस्त तुलाउ“दै हेरचार गरेकी छ ।

पतिव्रता मुना मदनलाई सर्वस्व ठान्दछे । मदनलाई अत्यन्तै माया गर्ने, उसको साथ छोड्न नचाहने र बिछोडमा पनि उसैलाई सम्झिरहने तथा उसकै नाममा प्राण त्याग गरिदिने पतिव्रता नारी मुना वृद्ध सासूको यथोचित सेवा सुश्रूषा गर्ने, धर्मकर्ममा आस्था राख्ने प्रेरणादायी, धीर एवं आदर्शवादी नारी हो । यस काव्यमा मुनालाई सुन्दर, अभौतिकवादी, आदर्शवादी, धार्मिक, रूढिवादी, प्रेरणादायी, धीर, शुश्रूषु, विरही, भावुक, पतिव्रता एवं सत् युवतीजस्ता चारित्रिक अभिलक्षण भएकी पात्रका रूपमा प्रस्तुत गरिएको छ ।

मुनाबाहेक यस काव्यमा आमा, दिदी, नैनी आदि नारी सहभागीको उपस्थिति रहेको छ । यीमध्ये आमा, दिदी स्थिर एवं अनुकूल सहभागी हुन् भने नैनी सुरुमा प्रतिकूल भए पनि मुनाको भनाइमा लागेर पश्चात्ताप गर्न पुगेकी हुनाले उसलाई गतिशील सहभागी मान्नसकिन्छ ।

कुञ्जिनी

कुञ्जिनी यस काव्यको प्रमुख नारी सहभागी कुञ्जिनी हो । ऊ यस काव्यमा अनुवूmल चरित्रका रूपमा उपस्थित छ । उसलाई सर्वाधिक महत्व प्रदान गरी कृतिको नामकरणसमेत उसैका नामबाट गरिएको हु“दा ऊ प्रमुख भूमिका निर्वाहका आधारमा यस काव्यकी नायिका पनि हो । गोरेसँग मन, वचन र कर्मले एकोहोरो आत्मिक प्रेम गरिरहने कुञ्जिनी अनुकूल सहभागी हो । काव्यको सुरुदेखि अन्त्यसम्म एकैनासको सत् एवं अनुवूmल चरित्र भएकी कुञ्जिनी स्थिर पात्र हो । आदर्शवादी, आत्मबलिदानी एवं वास्तविक प्रेमिकाको प्रतिनिधित्व गर्ने ऊ वर्गीय सहभागी हो । ऊ काव्यमा मञ्च र बद्ध सहभागीका रूपमा उपस्थित छ ।

सामन्त ठालुसिङकी छोरी र गोरेकी प्रेमिका कुञ्जिनी आमा नभएकी टुहुरी हो र ऊ गाउ“मा भेडा चराउने गोठाल्नीका रूपमा उपस्थित छ । बै“सालु युवती, सत्, अति सुन्दर, सजग, दृढ, विरही, स्वच्छ र पवित्र दिल भएकी प्रेममा पक्का, आध्यात्मिक दृष्टिकोण भएकी प्रकृतिप्रेमी, प्रेमीका लागि आत्मबलिदानसमेत गर्न पछि नपर्ने, पूर्णतः समर्पित प्रेमिकाजस्ता चारित्रिक अभिलक्षणले युक्त नारीका रूपमा उसलाई यस काव्यमा चित्रण गरिएको छ ।

सिन्धु यस काव्यकी सहायक नारी सहभागी हो । सुरुदेखि नै कुञ्जिनीको मनोभावना बुझ्ने भएकीले गजुरीपिंडासम्म गएर बिहे रोक्ने प्रयत्न गर्ने उसका सबै क्रियाकलाप अनुवूmल छन् । आपूm असहाय भएर पनि सधै“ कुञ्जिनीलाई सहयोग गर्न चाहने सिन्धु गतिशील नभएर स्थिर चरित्रका रूपमा देखिएकी छ । ऊ पनि वर्गीय पात्र हो र उसले कोमल मनोभाव भएका नारीेवर्गका साथै असहाय विधवा नारीको प्रतिनिधित्व गरेकी छ । काव्यमा ऊ मञ्च र बद्ध पात्रका रूपमा उपस्थित भएकी छ ।

कुञ्जिनीकी सानीमा सिन्धु प्रौढ विधवा नारी हो । ऊ सहृदयी, मायालु, सम्झाइबुझाइ गर्न सिपालु, अरूको मर्म बुझ्ने, सहयोगी, परोपकारी, सत्जस्ता चारित्रिक अभिलक्षणले युक्त नारीका रूपमा यस काव्यमा चित्रण गरिएको छ ।

राजवmुमार प्रभाकर

राजकुमार प्रभाकर खण्डकाव्यकी प्रमुख नारी सहभागी राजकुमारीको नाम नृपकुमारी हो । प्रमुख सहभागीका रूपमा रहे पनि यसमा उसलाई असत् अर्थात् प्रतिकूल चरित्रका रूपमा प्रस्तुत गरिएको छ । अधिक दूरदेशकी राजकुमारी आप्mनो इच्छाविरुद्ध बिहे हुनलाग्दा घरबाट भागेर बनमा आइपुगेकी छे । ऊ रोइरहेकी अवस्थामा राजकुमारद्वारा वनमा भेटिएकी हो । यस काव्यमा उसलाई मायावी, जादुगर्नी, वासनाकी पुतली, एवं दैत्य गुरु शुक्रस“ग राक्षसी ज्ञान पाएकी युवतीको रूपमा चित्रण गरिएको छ । ऊ टुनामुनाको शक्तिले राजकुमारलाई वशमा पारेर आप्mनो अभीष्ट पूरा गर्न सफल पनि हुन्छे । उसले खडा गरेको मायावी राज्यमा पुस्तक पढ्नचाहि“ प्रतिबन्ध छ । विभिन्न प्रकारका प्रतिकूल स्वभावकी भए पनि ऊ अत्यन्त कोमल एवं संवेदनशील छे । राजकुमारको कटुवचनलाई सहन नसकी ऊ चित्त दुखाएररुन थाल्छे ।

राजकुमारीबाहेक यस काव्यमा दुई किशोरी रानीहरूका अतिरिक्त मायावी राज्यका युवतीहरूको उल्लेख पाइन्छ । यीमध्ये किशोरी रानीहरूका बारेमा अन्य कुनै सूचना यस काव्यमा पाइ“दैन भने मायावी राज्यका युवतीहरूको सौन्दर्यको वर्णन देवकोटाले गरेका छन् ।

दुश्यन्त शवmुन्तला भेट

यस खण्डकाव्यकी प्रमुख नारी सहभागी शकुन्तला हो भन्ने कुरा शीर्षकबाटै ज्ञात हुन्छ । अत्यन्त सुन्दर एवं लजालु युवतीका रूपमा उसलाई चित्रण गरिएको छ । प्रेमप्रणय भएकी शकुन्तला दुष्यन्तस“ग भेट्न आतुर देखिन्छे । दुष्यन्त देखापरेपछिचाहि“ ऊ लज्जावश मुसुक्क हा“स्दै भाग्छे । प्रकृतिको काखमा हुर्केकी शकुन्तला अन्तर्मुखी प्रवृत्तिकी छे ।

शकुन्तलाबाहेक यस काव्यमा शकुन्तलाका सखीहरू चारु र प्रियंवदाको पनि उल्ले ख पाइन्छ । उनीहरू अनुकूल सहभागीका रूपमा यस काव्यमा चित्रित छन् ।

लूनी

लूनी खण्डकाव्यकी प्रमुख नारी सहभागी लूनी हो । ऊ हेलम्बूका राजा साम्बा सोङ्गो सेर्पाकी छोरी हो । ऊ अत्यन्त कोमल तथा सुन्दरी छे । मोतीजस्ता दा“त भएकी, नौनीको डल्लोजस्ता चिउ“डो भएकी, रेशमको मुनाजस्ती लूनी नन्दनको कुनामा विचरण गर्ने अप्सराजस्ती, हिमालमुनीकी जूनजस्ती, रानीवनमा फुल्ने गुलाफजस्ती, वसन्तकी रसिली झरीजस्ती भनेर यस काव्यमा उसको रूपसौन्दर्यको वर्णन गरिएको छ । हेलम्बुकी रानी नभए पनि हेलम्बुकी रानी भनेर उल्लेख गरिएकी लूनीको सौन्दर्य वर्णनका लागि कविको भाषा गरिब भएको अभिव्यक्ति पाइन्छ । भावुक एवं संवेदनशील लूनीले चाङ्नालाई प्रेम गर्दागर्दै पनि वर्गीय विभेदताका कारण उनीहरूको बिहे हुन सक्दैन । सामन्ती समाजमा हुर्केकी लूनी बाबुस“ग विद्रोह गर्न नसकी बाबुले खोजेर दिएको केटासँग पशुझँै जान बाध्य छे । अन्त्यमा अदृश्य शक्तिका कारण आप्mनो प्रेमी चाङनास“ग उसको भेट हुन्छ । यस काव्यमा लूनी अनुकूल, स्थिर एवं वर्गीय सहभागी लूनी स्थिर प्रकृतिकी सहभागीको रूपका चित्रित छ ।

लूनीबाहेक यस काव्यमा लूनीकी आमा हेलम्बा, जिन्जी, आन्जा आदि नारी सहभागीको चित्रण पाइन्छ । लूनीकी आमा हेलम्बा ममतामयी, सहृदयी र मातृत्वले परिपूर्ण नारी हो । हेलम्बुबाट लूनीस“गै गएकी जिन्जी उसकी स“गिनी हो भने लासाकै सुसारे आन्जा पनि उसकी स“गिनीतुल्य छ । यी दुवै सहयोगी र सहृदयी छन् । यिनकै सक्रियताबाट लूनीलाई हेलम्बु फर्काइएको हो ।

तिप्लिङ्गी

नायककी प्रेमिका तिप्लिङ्गी खण्डकाव्यकी नायिका भए पनि ऊ सक्रिय रूपमा यस खण्डकाव्यमा देखापरेकी छैन । वनकी दुहिता पकृतिपुत्रीका रूपमा उसको रूपसौन्दर्यको वर्णन गरिएको छ । ग्रामीण तामाङ सुन्दरी तिप्लिङ्गी बै“सले ढकमक्क फुलेकी युवती हो । उसको उल्लेखबाट देवकोटाले यस खण्डकाव्यमा नारी सौन्दर्यलाई ईश्वरीय मुस्कानको रूपमा उल्लेख गरेका छन् ।

तिप्लिङ्गीबाहेक यस काव्यमा नायककी आमा हेन्जेलिङको उल्लेख गरिएको पाइन्छ ।

वसन्ती

वसन्ती खण्डकाव्यकी नायिकाको रूपमा वसन्ती रहेकी छ । प्राकृतिक सभ्यता र सौन्दर्यमा रमाउने वसन्ती अनुकूल सहभागी हो । नायकप्रतिको उसको प्रेम शारीरिक एवं वासनामय नभएर प्राकृतिक एवं आत्मिक खालको छ ।

वसन्तीबाहेक यस काव्यमा मालती(वसन्तीकी आमा), कुसुम आदि सहायक नारीपात्रहरूको उपस्थिति रहेको छ ।

वसन्ती

देवकोटाको वसन्ती शीर्षककै अर्काे खण्डकाव्य पनि प्रकाशित छ । उल्लिखित सहभागी र प्रसङ्गलाई केही मात्रामा कथा र पात्रलाई हेरफेर गरिए पनि यसका मूल सहभागीको नाम वसन्ती र वनवीर नै हो । रेशमजस्तो केस भएकी, नौनीभैm“ चिउ“डो भएकी, कोइलीको जस्तो स्वर भएकी, चन्द्रमाजस्ती उज्याली वसन्ती स्वर्गकी रोशनी एवं स्वर्गकी परी हो । उसको बाहिरी रूप मात्र सुन्दर नभएर मिजास पनि अत्यन्त राम्रो छ । वसन्ती अनुकूल एवं स्थिर सहभागी हो । शीलसौन्दर्य र प्रेमकी प्रतिमूर्ति वसन्तीमा देवकोटाका प्रसिद्ध नारी सहभागीहरू मुना र कुञ्जिनीको प्रभाव प्रशस्त मात्रामा रहेको छ ।

वसन्तीबाहेक यस काव्यमा जुई (वसन्तीकी आमा), कुसुम, बर्मिनी आदि सहायक नारीपात्रहरूको उपस्थिति रहेको छ । जुई वसन्तीकी आमा हो । मातृस्नेहले परिपूर्ण जुइको छोरीलाई दरबार पठाउने चाहना राख्नु तत्कालीन परिस्थितिअनुप स्वाभाविक देखिन्छ ।

कुसुम दरबारस“ग सम्बन्ध भएकी नारी हो । राम्राराम्रा केटीलाई फकाएर दरबारमा पु¥याउने पेसा भएकी ऊ नाच्न पनि सिपालु छे । नेपाली युवक म्याङस“ग बिहे गरेकी बर्मिनी वनवीर भूतलाई चढाउन खोज्छे । तर आप्mनै पतिको असहयोगले गर्दा उसको योजना सफल हुन सक्दैन । यस काव्यमा बर्मिनीलाई प्रतिकूल चरित्रको रूपमा उभ्याइएको छ भने अन्य नारी सहभागी अनुकूल नै रहेका छन् ।

रावण जटायु युद्ध

रावण जटायु युद्ध रामचन्द्रकी पत्नी सीतालाई हरेर ला“दा बाटोमा भएको रावण जटायुको युद्ध हो । यसमा मुख्य कारण व्यक्ति सीता भए पनि प्रस्तुत खण्डकाव्यमा उनको चरित्रलाई देखाइएको छैन । यति हु“दाहु“दै पनि देवकोटाले यसमा रावणका तर्पmबाट सीताको रूपसौन्दर्यको वर्णन गरेका छन् ।

म्हेन्दु

यस खण्डकाव्यकी प्रमुख नारी सहभागी म्हेन्दु हो । मोतीभैm“ टल्पलाउ“दी, हिउ“जस्ती उज्याली, उषाभैm“ झल्मलाउ“दी, मृगिनीका जस्ता आ“खा भएकी, पूmलजस्ती कोमल ऊ स्वर्गबाट ओर्लेकी पर्वतकी शोभाजस्ती छ । कविले उसलाई ‘सुनकेसी’, ‘सुषमा रानी’ आदि भनेर प्रशंसा गरेका छन् । उसले अ“ध्यारो मुख लाउ“दा उसलाई बादलकी इन्दु भनेर उल्लेख गरिएको छ । प्रणयचेत भएकी सुन्दरी युवती ऊ अन्तर्जातीय प्रेमिका पनि हो । एक गुन्डाले उसको प्रेमीबाट उसलाई टाढा तुल्याई उसलाई प्राप्त गर्न खोज्दा तादी नदीमा हामफाालेर आप्mनो प्राण विसर्जन गर्दछे प्रेमप्रतिको आप्mनो समर्पण जाहेर गर्दछे । अनुकूल, बद्ध र स्थिर चरित्रका रूपमा यस काव्यकृतिमा उसको उल्लेख गरिएको छ ।

म्हेन्दुबाहेक यसमा म्हेन्दुकी आमा मिन्दीको पनि उपस्थिति पाइन्छ । सहरियाप्रति नकारात्मक भावना राख्ने उसका अभिव्यक्तिहरू आप्mनी छोरीको ममताका लागि अस्वाभाविक पनि देखि“दैनन् ।

मायाविनी सर्सी

यस खण्डकाव्यकी सहायक नारीपात्र सर्सी हो । सुरिलो स्वरले गीत गाउने ऊ अत्यन्त सुन्दर छे । खण्डकाव्यको शीर्षकबाट ऊ मायावी अर्थात् जादुगर्नी हो भन्ने थाहा हुन्छ । वासनाकी पुतलीका रूपमा प्रस्तुत सर्सीको मोहक र राक्षसी रूपको चित्रण गरिएको छ । उसमा मानिसलाई पशु बनाउन सक्ने शक्ति छ । उसलाई यसमा प्रतिकूल सहभागीको रूपमा चित्रण गरिएको छ । कामवासनाबाहेक उसका चरित्रमा अहं, उच्चताभासका साथै नारीको अस्तित्वचेत पनि रहेको छ । आप्mनो रूपसौन्दर्यबाट पुरुषलाई वशमा पार्न ऊ अत्यन्तै सिपालु छे ।

सीताहरण

सीताहरणकी प्रमुख सहभागी रामकी पत्नी सीता हुन् । आप्mना पति र देवरसित वनवासमा रहेकी सीता अत्यन्त सुन्दरी छिन् । पतिव्रता सीता अबेरसम्म नफर्केका दाजुको खोजीमा नजाने देवर लक्ष्मणलाई शङ्कालु नजरले हेर्छिन् कटुवचन प्रयोग गर्छिन् । देवरलाई शङ्कालु दृष्टिले हेरेर कटुवचन गरे पनि यस खण्डकाव्यमा यिनी अनुकूल चरित्रका रूपमा देखाइएको छ । यस खण्डकाव्यकी नायिकाको रूपमा उपस्थित बद्ध सहभागी हुन् ।

मैना

मैना खण्डकाव्यकी प्रमुख नारी सहभागी मैना हो । ऊ नखरा पार्ने फटाही आइमाईका रूपमा चित्रित छ । उसले बाघका जुङाको विष सर्वतमा मिसाई लोग्नेलाई खुवाएर मार्छे र रुवावासी पनि गर्छे । एक महिनासम्म विधवाको भेषमा हि“डेकी मैना एक महिनापछि राती ढोका थुनेर रङ्गीन लुगा लगाएर सि“गार पटार गरी ओछ्यान मिलाएर राख्छे । राती आप्mनो कोठामा आएको सुन्दर एवं जवान देवरलाई आपूmतिर आकर्षित गरी उस“ग भोगविलास गर्न थाल्छे । यसरी आप्mनो लोग्नेलाई मारेर परपुरुषस“ग सहवास गर्ने ऊ यस काव्यमा प्रतिकूल एवं पतीत चरित्रका रूपमा देखा परेकी छे । लोग्नेको मात्र नभएर आप्mनी नाबालाख छोरीको पनि हत्या गर्न सक्ने क्रुर चरित्रका रूपमा उपस्थित छे ।

मैनाबाहेक यस काव्यमा बोक्सीबुढी, कदम (मैनाकी नोकर्नी) र मिनी (मैनाकी छोरी नारी पात्रको प्रयोग पाइन्छ । कुप्रिएकी, का“सभैm“ सेतै फुलेकी, सुकेको रुखको पातजस्ती बोक्सी बुढी जादु गर्न सिपालु छे । पा“च औ“लामा पा“चै रङ्गको बत्ती बाल्न सक्ने र आप्mना रूप बदल्न सक्ने ऊ रातमा सात सागर पारगर्न सक्ने क्षमता भएकी छ । मुख्य नारी सहभागी मैनाको सहयोगीका रूपमा रहेकी बोक्सी बुढी प्रतिकूल सहभागी हो ।

मिनी मैनाकी छोरी हो । ऊ अत्यन्त संवेदनशील, भावुक र बाबुलाई माया गर्ने व्यक्ति हो । बाबुको अभावले पीडित ऊ बाख्राका पाठासित खेलेर पाठासितै निदाउ“छे । आमा र काकाको चर्तिकलाले पनि उसलाई पीडित बनाउ“छ र यो कुरा मावलीका बालाई भनिदिने धम्की आमालाई दिन्छे । यही भनाइका कारण आमा मैनाबाट उसको हत्या हुनपुग्छ ।

सृजामाता

देवकोटाले ग्रिसेली पुराकथामा आधारित विषयवस्तुलाई लिएर सृजामाता खण्डकाव्यको सिर्जना गरेका हुन् । यस खण्डकाव्यमा पृथ्वीलाई सिर्जनाकी आमा मानेर उल्लेख गरिएको छ । यसमा धरतीमाता अर्थात् सिरिजलाई प्रमुख नारी सहभागी बनाइएको छ । कपालमा गोदावरी पूmल लाएर हातमा ह“सिया लिई खेतमा डुल्ने, गाईभै“सी पालेर प्रशस्त दुधदही उत्पादन गर्ने सिरीजमा नेपाली नारीको रूप आरोपित गरिएको छ । धर्मभीरु एवं आमाको ममत्वले भरिपूर्ण सिरिज आप्mना सन्तानका लागि जस्तोसुकै कष्ट पनि बेहोर्न तयार छ र बेहोरेकी पनि छे । सिरीजका माध्यमबाट यस काव्यमा पुरुष र नारीको अस्तित्व समान छ भन्ने नारीवादी धारणालाई अभिव्यञ्जित गरिएको छ ।

सिरिजकी छोरी प्रोजर्पिनालाई कविले यस काव्यमा कतैकतै पिना भनेर पनि सम्बोधन गरेका छन् । स्याउजस्ता राता गाला भएकी, हि“उजस्ती गोरी, उज्याली, बान्की परेकी पिना पूmलजस्तै सुन्दर छे । चन्चल पाठासित खेल्ने पिना उमेर र स्वभाव दुवै दृष्टिबाट चन्चल एवं अल्लारे छ । अनार खाएपछि स्वभावमा परिवर्तन भएको देखाएर यस काव्यमा पिनालाई गतिशील सहभागीको रूपमा प्रस्तुत गरिएको छ ।

सिरिज र प्रोजर्पिनाबाहेक यस खण्डकाव्यमा हेकेटी, रानीजस्ता अन्य नारी सहभागीको पनि उपस्थिति पाइन्छ ।

नासमझको गाँठो

नेपाली समाजमा देखापर्ने सासू–बुहारीको द्वन्द्वलाई सवाईका रूपमा प्रस्तुत गरिएको नासमझको गाँठोका प्रमुख नारी सहभागी कप्तान्नी बुढी (सासू) र मैया (बुहारी) हुन् । कप्तानकी श्रीमती बुढी कप्तान्नी अत्यन्त घमन्डी छे । बुहारीलाई काममा दलाउनु पर्ने मानसिकता उसको रहेको छ । बुहारीले कोठामा बसेर उपन्यास पढेको देख्न नसक्ने ऊ बुहारीलाई अनावश्यक काममा जोत्न खोज्छे । ऊ मुखाले हुनाका साथै बुहारीका ओठ पनि च्यात्न सक्ने अत्यन्त दुष्ट र क्रुर सहभागीका रूपमा देखापरेकी छे । यति मात्र नभई बुहारीलाई अत्याचार गरी बुहारीलाई नै आरोप लगाउने उद्देश्यले आपूmलाई कोपरकापर गरेर छिमेकी गुहार्ने नखरा गर्न पनि ऊ सिपालु छे । आप्mनी बुहारीलाई बेश्ये, रन्डी भन्न सक्ने ऊ छोरालाई दोस्रो विवाह गर्ने सल्लाह दिने ऊ बहुविवाहकी समर्थक र पितृसतात्मक नेपाली समाजकी प्रतिनिधि सासूका रूपमा यस काव्यमा देखापरेकी छे ।

३. निष्कर्ष

सृष्टिका दुई पक्ष भाले र पोथी मानवका रूपमा नारी र पुरुष भनेर परिचित छन् । जीवनका हरेक गतिविधिमा दुवैको भूमिका महत्वपूर्ण हुन्छ । सिङ्गो सृष्टि नै यी दुईको सहकारिताबाट भएको हो । व्यक्तिगत, पारिवारिक र सामाजिक स्तरमा नारीका विविध रूप र साइनोको व्यवस्था भएको पाइन्छ । देवकोटाले आप्mना काव्यमा नारीका प्रेमिका, पत्नी, छोरी, सासू, बुहारी, दिदी, सानिमा आदि विभिन्न प्रकारका नारी रूपको प्रयोग गरेका छन् । बहुविवाहको अत्यधिक प्रचलन रहेको तत्कालीन समयमा लेखिएका देवकोटाका कुनै पनि काव्यमा सौता पात्रको उपस्थिति पाइ“दैन । यसबाट देवकोटा बहुविवाहको विपक्षमा थिए भन्ने कुराको पुष्टि हुन्छ । यसका साथै यिनका काव्यमा नारीको पति एवं प्रेमीप्रति अगाध आस्था भएझै“ पुरुषको पनि आ“नी पत्त्नी र प्रेमिकाप्रति अत्यन्त आस्था र सम्मान अभिव्यञ्जित छ । यसबाट पुरुष नारी बराबर हुन् भन्ने दृष्टिकोण देवकोटाको रहेको देखिन्छ ।

यिनका काव्यमा सुसारे, नोकर्नी, नैनी आदि नारी पात्रहरूको पनि प्रयोग गरिएको छ । यिनीहरूलाई सहायक तथा गौण चरित्रका रूपमा सभावेश गरिएको छ ।

देवकोटाका मुनामदन र नासमझको गा“ठो काव्यमा सासूबुहारीको उपस्थिति पनि पाइन्छ । सासूबुहारीको सम्बन्ध अत्यन्त कटु रहने परिस्थितिमा लेखिएको यिनको मुनामदनमा सासूबुहारीको सम्बन्ध अत्यन्त सुमधुर देखिन्छ भने नासमझको गा“ठोमा चाहि“ कटु देखिन्छ । नासमझको गा“ठोको उद्देश्य तत्कालीन परिस्थितिमा नारी विद्रोहलाई देखाउनु रहेकाले यिनले दुष्ट सासूको उपस्थिति गराएका हुन् । यसबाट बुहारीलाई पनि छोरी सरह नै सम्मान गर्नुपर्छ भनने दृष्टिकोण देवकोटाको रहेको पाइन्छ । यसैगरी यिनको मुनामदनमा आमाजू–बुहारीको सुमधुर सम्बन्धलाई प्रस्तुत गरिएको छ ।

देवकोटाका काव्यमा निम्न वर्गका नारीहरूदेखि लिएर उच्च वर्गका नारीहरू समेतको सहभागिता पाइन्छ । यिनका उच्चवर्गीय नारीहरू कुनै वर्गीय दम्भ नभएका भावुक, संवेदनशील र मानवतावादी, प्रेमवादी दृष्टिकोणले ओतप्रोत छन् ।

देवकोटाका काव्यमा प्रयुक्त नारीसभागीहरूमध्ये मैना र सर्सीबाहेक अधिकांश काव्यका प्रमुख नारीसहभागी अनुकूल प्रवृत्तिका देखिन्छन् । मुनामदनकी नैनी र वसन्तीकी बर्मेली प्रतिकूल भए पनि नैनी सहायक सहभागी प्रतिकूल देखिन्छन् । तिनमा पनि नैनी पछि परिवर्तित भएर अनुकूलमा रूपान्तरित भएकी सहभागी हो ।

देवकोटाका काव्यका अधिकांश प्रमुख नारी सहभागीहरू अत्यन्त सुन्दर, कोमल छन् । यसबाट नारीहरू सुन्दर, कोमल हुन्छन् भन्ने दृष्टिकोण देवकोटाको रहेको छ । समग्रमा भन्दा जुनसुकै जात, उमेर र वर्गका भए पनि बा≈य र आन्तरिक दुवै दृष्टिबाट नारीहरू सुन्दर, सुकोमल हुनाका साथै पुज्य र सम्माननीय हुन्छन् भन्ने दृष्टिकोण देवकोटाका काव्यमा अभिव्यञ्जित छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।