19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मिरा प्रसाई March 20, 2011, 8:05 am

जुटौ सबै हातेमालो गरौ सौहार्दको यो दिनमा

पाईला चलाऊ शान्तिको लागि होलीको यो दिनमा ।

जुटनु पर्छ अब हामी एकताको लागि

डटी लड्नु पर्छ देशको लागि होलीको यो दिनमा ।

झुक्नु हुन्न चन्द्र सुर्य अङ्कित झन्डा नेपालीको शिर

त्यागौ न अब रिश राग होलीको यो दिनमा ।

सप्तरङी रंगले ढाकि दियोस लिप्सा लुम्दाहरुको स्वार्थिपन

सदबुद्धी प्रदान गरुन् होलिकाले होलीको यो दिनमा ।

मुठी बाँधि आएका थियौ मुठी खोली जानु छ

दुई दिनको जिन्दगी हातेमालो गरौ होलीको यो दिनमा ।

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।