19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल पुष्पराज खतिवडा March 20, 2011, 8:10 am

हिड्दा हिड्दै वाटामा तिम्रो रुपको लाली देखें

अस्ति जस्तो छैनौ तिमी आज अलि काली देखें ।।

रुप भने राम्रो तिम्रो व्यवहार भने कस्तो कस्तो

पलासको बोटमुनि आज मैले माली देखें ।।

भीड पनि कति कति मान्छे भने हुलका हुल

दुनियाँ सामु तिम्रो रुपको आज मैले ताली देखें ।।

समय लाग्छ वुझ्न कुरा केही दिनमा थाहा हुन्छ

हेर्दा हेर्दै तिमी भित्र मैले एउटा जाली देखें ।।

चुरो कुरो नजान्दामा केही थाहा हुन्न रै‘छ

वास्तविकता वुझेपछि तिमी भित्र नाली देखें ।।

झापा, वुधवारे, हाल: तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।