बस्दै गयो माया नजिक हुँदै जाँदा
आँखा आँखा जुधी बदन छुँदै जाँदा
समुद्रको लहरमा आउ बग्दै जाउँ
उडी उडी बादलुमा प्रिति लाउँ
ताराहरु बटुलेर दुबै मुटु भरौँ
तल तल जमिनमा खुशी छरौँ
मेरो ओठमा तिमी मुस्काई रहुली
जिन्दगी सधैँभरी प्रेमले कोरौली
तिम्रो मिठो स्वरमा मुटु चलाउँला
बसन्त भै मायाको तिमीमा पलाउँला
लस् एन्जेलस्