18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सुदिना कुईंकेल March 22, 2011, 6:22 pm

खै के मागेकी छु र मैले एक चिम्टी सिन्दुर न हो

आफन्त भै बाँचिदिने फगत एउटा मन्जुर न हो

सँगै मर्नु पर्दैन तिमीले सँगै बाँचिदिए पुग्छ

आँसु पुछ्नु पर्दैन तिमीले सँगै हाँसिदीय पुग्छ

खै के चाहेकी छु र मैले माया जीवन को जरुर न हो

आफन्त भै बाँचिदिने फगत एउटा मन्जुर न हो

आफ्नो भन्नु पर्दैन तिमीले पराई नठानिदिए पुग्छ

नजिक राखनु पर्दैन तिमीले टाढा नमनिदिए पुग्छ

खै के खोजेकी छु र मैले तिम्रो माया भरपुर न हो

आफन्त भै बाँचिदिने फगत एउटा मन्जुर न हो

माया गर्नु पर्दैन तिमीले मेरो माया लिए पुग्छ

केहि दिनु पर्दैन तिमीले मेरो नखोसी दिए पुग्छ

खै के गरेकी छु र मैले आफ्नो भन्ने कसुर न हो

आफन्त भै बाँचिदिने फगत एउटा मन्जुर न हो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।