चुभ्छन् उसै त तीरहरु कमलो दिलमा
कामातुर छन् नयन अन्जन नलाऊ भो
आगो बनेर बल्दै गरेका यौवनको रापले
प्रस्तर नि गल्छ मानिस हुँ सधैँ नधाऊ भो
स्वास माथि स्वास बाटिएर लप्का बनी कतै
स्वधर्म सीमा दग्ध होला चुम्बन नखाऊ भो
टोकी ओंठ रसिला गरी राता नजरहरु
कामाग्नि अरु भड्किन्छ छेउमा नआऊ भो
बुझ पचाई मर्म बुझी अधकल्चो पारेर
गरी आघात मर्मस्थलमा छोडी नजाऊ भो ।
ललितपुर