प्रेमी-जूनहरु
डोलीमा चढाई
स्वण-श्रींगारमा
बिदाइको इन्द्रेणी छर्दा
बादलु तिम्रो
स्पर्शअनुभुत भए
मेरा निल-सपनाहरु
रित्तो आकाशमा ।
निंदहरु
साटिने कसममा
अबिरल जुनेली बगे
रिक्तता छाम्दै
माया मार्दै
टुक्रे तारा झरे।
अमरत्व
आस्थाका ध्रुव-तारा
निखार्दै मेरी पुर्णिमा
लेख्दैछिन सौर्य-कथा
हराउनेउदाउने
भ्रमिक-उल्काहरुको खिलाफमा!
उपारन्त,
एक्लो हुन्न
औशीमा हाँस्ने जीवन-पुञ्जहरु
अशुद्द छैन
ग्रहणले ढाक्दा प्रेमी-जूनहरु र!
धरान, हाल: यु ए इ