बेहिसाब माया गरें तिम्रो तनमा दाग लाग्यो ।
खातापाता बन्द गर्दा मलाई पनि भाग लाग्यो ।१।
नापिन मैले कहिल्यै तिमीलाई दिएँ कति ।
काउकुती लगाउँदा बदनामीको ट्याग लाग्यो ।२।
भनिन मैले पीरव्यथा दुख्दा पनि हाँसी रहें ।
सुन्दरीको भर पर्दा जली मर्ने आग लाग्यो ।३।
तिर्खाउँदै हतार हतार अंगालोमा कस्दै गर्दा ।
तिमीसंग लहरिंदा स्वर्णिमद्वार बाग लाग्यो ।४।
मायाको खडेरीमा बाँडिचुँडी खाउँला भन्थें ।
फलपाक्ने बेलामा विनाकसुर काग लाग्यो ।५।
काठमाडौं