18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल होमशंकर बास्तोला March 29, 2011, 12:12 am

कतिखेर हारिने हो जिन्दगी छ दाउ

आँसु धेरै बगेको छ दुखेर यो घाउ

दुनियाँको माया गर्न बिर्सिएर होला

आफ्नौ स्वार्थपूरा गर्न कति मोल्छौ पाउ

माटोमाथि चोट पर्दा हाम्रै छाती दुख्छ

जननीको माया गर्न शान्ति गीत गाउ

पुलबाट पारि तर्नु मरेपछि होला

जीवितमा तरिरा’छु सिमलको नाउ

शहरमा कठिन छ बाँच्न आजभोलि

दिनैपिच्छे बढेको छ सामानको भाउ

दुबेकोल–७, खोटाङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।