19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सागरबहादुर साउँद March 28, 2011, 4:15 pm

आफैका लागि भरेर मात्र जिन्दगी जित्यो कि ?

देशलाई पनि दिएर केही जिन्दगी वित्यो कि ?

भोलीका आउने छोरीले सोध्लीन के गरे बाबाले

भोलीका आउने छोराले सोध्लान के गरे आमाले

आफैका लागि सोचेर मात्र जिन्दगी सिध्योकी ?

देशलाई पनि दिएर केही जिन्दगी वित्यो कि ?

देशैका लागि भनेर कर्म तिमी पनि गर आउ

देशका लागि एक सानो चिनो तिमी पनि छोडी जाउ

आफैले मात्र पिएर तिम्रो जिन्दगी रित्यो की ?

देशलाई पनि दिएर केही जिन्दगी वित्यो कि ?

(त्रि.वि, डडेल्धुरा क्याम्पस)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।