19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजेन्द्र पहाडी March 28, 2011, 4:23 pm
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

नेपाल यो अस्त ब्यस्त ठान्नु हुन्न आज

अघि बढ्ने पाउहरु तान्नु हुन्न आज

सद्भाव र भाइचाराको संगम हो यो देश

छिन्न–भिन्न अराजकता जान्नु हुन्न आज

भाइ फुटे गवाँर लुटे भन्ने बुझ्नु पर्छ

विदेशीको इशारामा धान्नु हुन्न आज

स्वाभिमान, आत्म–गौरव् जोगाउँ सब् मिली

शान्तिद्रोही प्रवृत्तिलाई छान्नु हुन्न आज

तीन करोड नेपालीको इच्छा पुरा गर्न

आफ्नै काम गर्दा लाज मान्नु हुन्न आज ।।

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।